मलेसियाले दियो १०१ रनको लक्ष्य, सन्दीप र सोमपालको ह्याट्रिक
काठमाडौं, २० असोज । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा मलेसियाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएर नेपाललाई बलिङको निम्ता दिएको थियो । मलेसियाले १९.३ ओभर खेल्दा अलआउट भएर १०० रन जोड्न सफल भएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट र सोमपाल कामीले ३ विकेट लिएर ह्याट्रिक गरेका छन् । सन्दीपले ४ ओभर खेल्दा २० रन दिएर ५ विकेट लिएका हुन् । सन्दीपले १४ ओभर २ बलमा सिजर्रल आइड्रस ० मा आउट गर्दै टी २० क्रिकेट करियरमा पहिलो पटक ५ विकेट लिएका हुन् । उनि टी २० क्रिकेटमा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । सोमपालले ३.३ ओभरमा १६ रन दिँदै ३ विकेट लिएर ह्याट्रिक गरेका हुन् भने कप्तान पारस खड्काले २ विकेट लिए ।
October 6, 2018 11:20 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :