जंगलमा ५० किलो बेवारिसे गाँजा भेटियो
पूर्वी चितवनस्थित राप्ती नगरपालिकाको एक जंगलमा बेवारिसे अवस्थामा लागुऔषध गाँजा फेला परेको छ ।
राप्ती नगरपालिका वडा नं १ को महादेवटारस्थित सुरदेवी सामुदायिक वनभित्र लुकाइराखेका अवस्थामा ५० किलो प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
आज दिउँसोको समयमा उक्त वनमा घाँस काट्न गएका स्थानीय मानिसले जंगलमा गाजाको ठूला पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले दिएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीको टोलीले पाँच किलो तौलको १० वटा पोकामा बाँधेर राखेको अवस्थामा अपराह्न गाजा फेला पारेका थिए ।
उक्त गाँजालाई इलाका प्रहरी कार्यालय भण्डारामा ल्याइएको प्रहरीले जनाएको छ । गाँजा कसले राखेको भन्ने पहिचान हुन नसकेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यता चितवन प्रहरीले ठूलोमात्रामा प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं ३ कमलनगरबाट कालिकोटका २४ वर्षीय भुवन अधिकारीलाई ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
उनको झोलाबाट प्रतिबन्धित औषधि ट्रामा ८१ पत्ता, भोमिन नामको ७९ पत्ता फेला परेको र उनको कोठाबाट ११ हजार १७० ट्याब्लेट भुमिन र २२ हजार ५२० ट्याब्लेट ट्रामाजोलसहित रु नगद रु १० हजार फेला परेको प्रहरीले जनाएको छ ।
June 3, 2018 5:33 am | टिप्स/जानकारी,प्रवास,भिडियो,रोचक,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन