Saturday 16th May 2026

यो हो विश्वको अनौठो बैंक, जहाँ पैसा होइन, प्रेमी–प्रेमिका आएर गर्छन यस्तो काम

8 years अगाडी

एजेन्सी। बैंकको नाम लिने बित्तिकै हाम्रो मनमा पैसाको हिसाव किताब सुरु हुन्छ। तर आज हामी तपाइँलाई यस्तो बैंकका विषयमा जानकारी दिन गइरहेका छौं, जहाँ पैसा होइन प्रेम कहानी जम्मा हुन्छ। यो बैंकको नाम ‘लभ बैंक’ हो।  प्रत्येक वर्ष भ्यालेन्टाइन डे को अवसरमा यहाँ विशेष प्रकारको प्रदर्शनीको आयोजना गरिन्छ। जहाँ निकै मासिन जम्मा हुने गर्छन्। र, सबै प्रेमीले आफ्नो प्रेम कहानी यो बैंकमा जम्मा गराउँछन्।

स्लोभाकियाको एउटा सानो सहर बन्स्का स्टीवनियाको निर्मित यो लभ बैंक विश्वको सबैभन्दा लामो प्रेम कविता मरीनाको सम्झनामा स्थापना गरिएको हो। यो कविता स्लोभाविकयाका कवि आन्द्रेज स्लेडकोविकले लेखेको विश्वास गरिन्छ।  मारिया जुन घरमा बस्थिन् त्यही घरमा ‘लभ बैंक’ खोलिएको छ।  यहाँ प्रत्येक वर्ष परिचयात्मक प्रदर्शनीको आयोजना गरिन्छ।

प्रत्येक वर्ष भ्यालेन्टाइन डे मा प्रत्येक प्रेम जोडीले यहाँ आफ्नो प्रेम कहानी जम्मा गराउँछन्। पूरै वर्ष यसको तयारी चलिरहन्छ। यहाँ एक लभ ऐन पनि राखिएको छ। यो ऐना अगाडि उभिएर प्रेम जोडी यहाँ आफूबीच प्रेम गर्छन्। लभ बैंकमा प्रत्येक वर्ष भ्यालेन्टाइन डेमा हुने आयोजनालाई मध्यनजर राख्दै निकै तयारी गरिन्छ। उक्त दिन यँहा निकै भीड लाग्छ।  टाढाबाट मानिस आएर यो लभ बैंकमा आफ्नो प्रेम कहानी जम्मा गराउँछन्।

          June 6, 2018 11:51 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...