अवस्था गम्भिर,काटेर छिनेको सर्पको टाउकोले मान्छेलाई टोक्यो
एजेन्सी । सुन्दा पनि अचम्म लाग्ने तर वास्तबिक । एउटा यस्तो घटना जुन मरेको प्राणीले पनि आक्रमण गर्छ । मान्छेलाई घाइते समेत बनाउँछ।अमेरिकाको टेक्ससमा मरेर टाउको समेत काटिएको सर्पले मान्छेलाई डसेर गम्भिर घाइते बनाएको छ । सर्पको बिष कम गर्न औषधीको २६ डोज दिनुपर्यो।
घाइतेकी श्रीमती जेनिफर सटक्लिफले भनिन्, ‘श्रीमान् बगैंचामा काम गरिरहेका थिए, त्यति नै बेला उनले चार फुट लामो विषालु सर्प देखे।’ अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए। जब उनी मरेको सर्पलाई फ्याँक्न गएका बेला सर्पको काटेको टाउकोले उनलाई टोक्यो।
जेनिफरले सर्पले डसेलगत्तै उनका श्रीमान्को शरिरमा विष फैलिएको बताइन्। त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित आफ्नो घरबाट अस्पताल पुर्याइयो।एक हप्ता अस्पताल बसेपछि अब उनी खतरामुक्त भएको चिकित्सकले बताएका छन्। यद्यपी, उनको मृगौलामा थोरै समस्या छ। युनिभर्सिटी अफ एरिजोनामा डाक्टर लेस्ली बोयरका अनुसार सर्पलाई मार्ने विशेषगरी त्यसको टाउको काट्नु सही होइन।
June 10, 2018 1:38 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन