सुन्दर शान्त नेपालकोे मनोपरामश
काठमाडौ। सुन्दर शान्त नेपाल संस्थाले बिभिन्न सरकारी विद्यालयहरुमा युवा समूहका विद्यार्थी वर्गहरुका लागि मनोपरामर्श कार्यशालाको आयोजना गर्दै आएको छ । यौवन अवस्था (टिन एज) बिशेष गरी कक्षा ७,८,९,१०,११,१२ पढीरहेका विद्यार्थीहरुको उमेर समूह एकदमै सम्बेदनात्मक उमेर समूह हो ।
यस संक्रमण कालमा मानिसको जीवनमा भावनाहरुको उताढचढाब धेरै हुन्छ त्यसैले यो उमेर समूहका विद्यार्थीहरुलाई मनोवैज्ञानिक परामर्शको खाँचो एकदम ज्यादै हुन्छ ।आजभोली नेपालमा पनि केही निजी बिद्यालयहरुले आफ्ना विद्यार्थीहरुको भावनात्मक उताढ चढावहरुलाई संबोधन गर्न मनोपरामर्शदाताको व्यवस्था पनि गरेको पाइन्छ । सरकारी विद्यालयहरुमा पनि यस्ता मनोपरामर्श दाता राखिनु अत्यन्त जरुरी छ ।
सरकार, प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य मन्त्री, आदिको ध्यान यता जावस भन्ने हामी चाहान्छौं । यसै सन्दर्भमा सुन्दर शान्त नेपाल संस्थाले बिभिन्न सरकारी विद्यालयहरुमा युवा समूहका विद्यार्थी वर्गहरुका लागि मनोपरामर्श कार्यशालाको आयोजना गर्दै आएको छ । यस अन्तर्गत संस्थाले हालै काठमाडौं कुमारीगाल स्थित श्री श्रम राष्ट्रिय मा.वि. मा मनोपरामर्श कार्यशाला आयोजना गरेको छ । कार्यशालामा विद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यशालामा सहजकर्ताको भूमीका खगेन्द्र बि.सी.ले गर्नुभएको थियो भने मनोपरामर्शदाता सुशीला थापाले कार्यशाला संचालन गर्नु भएको थियो । कार्यशाला संचालनमा विद्यालय परिवार बिशेष गरी प्रधानाध्यापक नारायण सिंह प्रधानाध्यापक सुरेस पौडेल, शिक्षक अच्यूत सकारात्मक सहयोग प्राप्त भएको संस्थाका अध्यक्ष खगेन्द्र बि.सी.ले बताउनु भएको छ ।
June 12, 2018 1:36 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन