ठकुरी सहयोग संजाल युएईद्वारा क्यान्सर पिडित एन्जिला शाहलाई १ लाख ८० हजार आर्थिक सहयोग
युएई – बर्दियाकि क्यान्सर पिडित एन्जिला शाहलाई ठकुरी सहयोग संजाल युएईले आर्थिक सहयोग गरेको छ। संजालका बरिस्ठ उपाध्यक्ष दिपक शाही ठकुरीको अग्रसरतामा संकलित रक़म १,८०,०००(एक लाख असि हजार) सहयोग गरिएको हो ।
ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जुङ्ग शाहमार्फत शुक्रबार एन्जिलाका बुवा ओम विक्रम शाहलाई उक्त सहयोग रक़म हस्तान्तरण गरीने समाजका महासचिव जीवन सिंहले जानकारी दिए।
स्थाई घर बर्दिया भएकी पाठेघरको क्यान्सरबाट पिडित १५ बर्षिया बालिका एन्जिला शाह हाल काठमाण्डौको नया बानेश्वरस्थित शिभिल हस्पिटलमा उपचार गराईरहेकी छिन । एन्जिला शाह सहयोग अभियानमा सहयोग गर्नुहुने सबैलाइ विशेष धन्यबाद दिदै संजालका अध्यक्ष भिम बहादुर मल्ल ठकुरी र ठकुरी सहयोग संजालका केन्द्रीय सल्लाहकार एवम् संजाल युएईका संरक्षक नरेश सेन ठकुरीले प्रवासबाटै भएपनि सहयोग अभियानलाइ निरन्तरता दिदै जाने बताएका छन ।
केही दिन पहिले दर्शन ठकुरी समाज कुवेतले पनि पीडित एन्जिला शाहलाई १ लाख भन्दा बढी आर्थिक सहयोग गरीसकेको छ।
June 12, 2018 2:27 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन