आयुवको मामु बन्दै कुसुम गुरुङ (हेर्नुहोस तस्विरहरु )
आसुसेन फिल्मसको ब्यानरमा बन्ने चौथो चलचित्र ‘मेरी मामु’ मा कुसुम गुरुङ मुख्य भुमिकामा आउने भएकी छिन् । श्रोतका अनुसार लण्डन निवासी कुसुमले आसुसेन ब्यानरबाट चलचित्रमा डेब्यू गर्दैछिन् ।

थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छिन् । अभिनयलाई आफ्नो प्यासन मान्ने कुसुम नेपाली चलचित्र क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवार संगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।

बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामु मा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै भाइरल भैसकेको छ । चलचित्रको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ भने अहिले राजनधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ । यहि अषाढ ३ गतेबाट छायानंकनमा जाने चलचित्र मेरी मामु को टिमको परिचय भने त्यही दिन गरिने निमार्ण पक्षले बताएको छ ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।