बिजुलीचोर विरुद्ध अब गृह र उर्जा मन्त्रालयको संयुक्त ‘अप्रेशन’
३१ जेठ,काठमाडौ। बिजुली चोरीलाई नियन्त्रण गर्न गृह र उर्जा मन्त्रालयले संयुक्त कारबाही चलाउने भएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा मन्त्री वर्षमान पुनबीच भएको छलफलपछि दुुवै मन्त्रालयले संयुक्त रुपमा विजुरी चोरी नियन्त्रण अभियान थाल्ने निर्णय भएको हो ।
गृह स्रोतका अनुसार विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउनका लागि संयुक्त अभियान थाल्ने दुई मन्त्रीबीच सहमति भएको छ । त्यसका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्याल्य र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच समन्वय गरी संयुक्त कार्ययोजना तयार गरी अप्रेशन चलाउने निर्णय भएको छ ।
अनलाइनखबरका अनुसार विद्युत् निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूत गर्न थप सुरक्षा आवश्यक भएमा गृहमार्फत सक्रियतापूर्वक कार्य गर्ने विषयमा समेत छलफल भएको छ ।
त्यस्तै, सडक निर्माणका सन्दर्भमा विद्युत्का पोलहरु समस्याको रुपमा देखा परेको भन्दै अन्तर निकायगत समन्वय गरी अत्यावश्यक क्षेत्रमा तत्काल विजुलीको पोलहरु सार्ने निर्णय भएको बताइएको छ ।
June 14, 2018 5:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन