चर्चित धनाढ्यलाई किन लाग्यो बाटोमै दिसा गर्ने लत ?
पेट सफा गर्नु अर्थात् दिसा गर्नु मानिसको निजी काम हो, जुन बन्द शौचालय भित्र गरिन्छ । शौचालयमा दिसापिसाब गर्ने कामलाई स्वच्छ वातावरणका दृष्टिले पनि प्रोत्साहन गरिन्छ । मानिसहरुलाई खुल्ला ठाउँमा दिसापिसाब गर्नबाट निरुत्साहित गर्नका लागि अनेक उपाय लगाइएको पनि हुन्छ ।कहिलेकाहीँ बाध्यताले पनि मानिसले खुल्ला ठाउँमा दिसापिसाब गरेको हुनसक्छ । तर एकजना यस्ता सिरियल दिसावाल पक्राउ परेका छन् जसले खुल्ला ठाउँमा एकै दिनमा पटक-पटक दिसा गरे । यो नेपालको घटना होइन, अष्ट्रेलियाको हो । एउटै बाटोमा ३० पटक दिसापिसाब गरेको आरोपमा अष्ट्रेलियाका एक व्यवसायी पक्राउ परेका छन् ।
ब्रिसबेनका चर्चित व्यवसायी ६४ वर्षका एन्ड्रु डग्लस म्याकिन्टोस अन्ततः सार्वजनिक स्थानमा पटक-पटक दिसा गर्ने गरेको खुलासा भएसँगै पक्राउ परे ।खुल्ला ठाउँमा दिनहुँ मान्छेको दिसा भेटिन थालेपछि स्थानीय मानिसहरु मिलेर खोजी गरे । अन्ततः म्याकिन्टोसले बाटोमै दिसा गरिरहेको अवस्थामा रंगेहात फेला पार्न सफल भए । बाटोमा दिसा गरिरहेको बेलाको उनको तस्वीर क्यामरामा कैद भयो ।यी चर्चित धनाढ्यले घरमा ट्वाइलेट नभएर बाटोमा गएर दिनदिनै दिसा गरेका त होइनन् अवश्य । आखिर उनी किन यसो गर्दछन् ? यस बारेमा मानिसहरुले निकै चासो व्यक्त गरेका छन् ।
वैज्ञानिकहरुका अनुसार कुनैपनि मानिसमा सार्वजनिक स्थानमा दिसापिसाब गर्ने बानी नै हुन्छ । खुल्ला स्थानमा दिसा पिसाब नगरेसम्म उनीहरुलाई धित नै मर्दैन । यसको एउटा मुख्य कारण चाहिँ पेटको वंशाणुगत समस्या रहेको बताइएको छ । कतिपय मानिसहरु दौडिँदा उनीहरुको आन्द्राको चिप्लो पदार्थ सक्रिय हुने र दिसा अठ्याउनै गाह्रो हुन्छ । जसले गर्दा केही मानिसहरु जगिङ गरिरहेको बेला यसो रोकिएर दिसा गरिहाल्छन् । एजेन्सी
June 15, 2018 5:07 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन