फोटोकै कारण शिक्षिकाको जागिर चट, यस्ता छन् उनको जागिर खाइदिने फोटो
रोचक । आधुनिकता तथा व्यक्तिगत स्वतन्त्रता मानवीय अधिकार हो र यसको हनन कसैले पनि गर्न पाउँदैन भनेर नै होला आजभोलि युवतीहरु आफ्नो नग्न तस्वीर समेत सामाजिक संजालमा शेयर गर्न पछि पर्दैनन् । तर यो सिजनको विश्वकप फुटबल आयोजक राष्ट्र रसियामा एक जना महिला शिक्षकको स्विमसुट लाएको तस्विर इन्स्टाग्राममा पोस्ट भएपछि जागिर गएको छ ।

२६ वर्षीय भिक्टोरिया पोपोभालाई उनको शिक्षक पदबाट ओमसस्थित स्कुल नम्बर ७ ले स्विमसुट लगाएको तस्विर सार्वजनिक गरेको भन्दै पदबाट बर्खास्त गरेको हो । यो सामाचार साइबेरियन टाइम्सले प्रकाशन गरेको हो । स्विमसुट लगाएको फोटो सार्बजनिक भएको कारण देखाएर भिक्टोरियालाई शिक्षक पदबाट बर्खात गरिएसँगै ३ हजार बढी महिला तथा युवतीहरुले आफूले स्विमसुट लाएको फोटो सार्वजनिक गर्दै घट्नाको विरोध गरेका छन् ।
उनीहरुले भिक्टोरियालाई पदबाट बर्खास्त गरेकोप्रति विरोध जनाउँदै ह्यासट्यागमा शिक्षकहरु पनि मानिस हुन भन्दै विरोध जनाएका छन् । सामाजिक संजालमा भिक्टोरियाको पक्षमा बहस गर्नेहरु मध्ये सबैले स्कुलको निर्णयलाई मुर्खताको संज्ञा दिएका छन् । एउटी युवतीले केसम्म भनेकी छन् भने– हामीहरु शिक्षक हुनुका साथै मानिस पनि हौं । तसर्थ स्कुल बाहिर र सामाजिक संजालमा हामीले फरक देखिन पाउनु हाम्रो अधिकारको कुरा हो ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन