Thursday 18th April 2024

खाली पेटमा मह मिसाएर दैनिक एक पोटी लसुन खानुहोस्, तपाईलाई हुनेछ यी १० फाईदा

6 years अगाडी

मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ ।

आउनुहोस् यी दुबै मिसाएर खानुका १० फाइदाः
तौल घट्नुः शरिर र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ ।

मुटुको समस्याः यसले कोलेस्ट्रोल कम हुन्छ र रक्त संचारलाई सन्तुलनमा राख्दछ ।

बलियो दाँतः यसमा पाइने फस्फरसले दाँत बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ ।

क्यान्सरः लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर हुनबाट जोगाउन सहयोग गर्दछ ।

संक्रमणः यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसकारण फंगल इन्फेक्सन हटाउन यो फाइदाजनक हुन्छ ।

रुघा खोकीः यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रुघा खोकीबाट टाढा राख्छ ।

प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछः लसुन र महले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको संक्रमणबाट बचाउँछ ।

थाहा पाउनुस् लसुन खानुका अन्य फाइदाः

मधुमेहः यसले रगतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ । यसकारण यो मधुमेहका लागि फाइदाजनक हुन्छ ।

रक्तचापः यसमा एलिसिन हुन्छ जसले रक्तचापलाई साधारण राख्दछ । यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ ।

बाँझोपनः यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ ।

          June 17, 2018 10:19 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...