अजिंगरले आमालाई जिउँदै निलेपछि छोराहरुले यसरी निकाले
एजेन्सी। इण्डोनेसियाको दक्षिणपूर्वी सुलावेसीमा निकै आश्चर्यजनक घटना भएको छ । खेतीको कामका लागि घरबाट निस्केकी एक महिलालाई एउटा अजिंगरले जिउँदै निलेको छ । लामो समयसम्म महिला घर नफर्केपछि परिवारले उनको खोजी सुरु गरे । घटना १४ जूनको भएको बताइएको छ । अजिंगरको आक्रमणको शिकार भएकी महिलाको नाम ‘वा टिबा’ भएको बताइएको छ । उनी लामो समयसम्म घर नपुगेपछि उनका परिवार चिन्तित भए । भोलिपल्ट उज्यालो हुनासाथ खोजी सुरु गरियो । केही बेरमै टीबाको चप्पल, कोदालो र टर्च झाडीमा भेटियो । तर यसपछि जे भयो त्यो निकै डरलाग्दो थियो ।
टीबाका छोराछोरीले देखे कि त्यहाँबाट थोरै दूरीमा एउटा विशाल अजिंगर थियो जसको पेट निकै फुलेको थियो । अजिंगलरले सबैभन्दा पहिले महिलाको टाउकोमा आक्रमण गर्यो र खायो । पूरै महिलालाई निलेका कारण ऊ आफ्नो साधारण गतिमा पनि हिँड्न सकिरहेको थिएन । यस्तो देखेपछि त्यहाँ भएका सबै निकै डराए । बिहान ९ बजेसम्म त्यहाँ सयौं मानिसहरु जम्मा भए ।
त्यहाँ जम्मा भएका मानिसहरुले अजिंगरलाई मारेर उसको पेट चिरे । अजिंगरले सबैभन्दा पहिले महिलाको टाउको खाएको थियो जसका कारण उनको टाउको अजिंगरको तल्लो भागमा भेटियो । महिलाको पूरा शरीर कपडासमेत अजिंगरभित्र भेटियो । अजिंगरको लम्बाइ करिब २७ फिट भएको बताइएको छ । महिलालाई भने जीवित निकाल्न नसकिएको बताइएको छ ।
June 17, 2018 11:08 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन