Friday 26th April 2024

भान्सामा प्रयोग हुने मसला स्वादमात्र हैन स्वास्थ्यलाई पनि राम्रो: स्पाइस पण्डित बिनोद

6 years अगाडी

मसलाबिना नेपाली परिकारको कल्पना गर्न सकिँदैन । हामीले खाने हरेक परिकारमा कुनै न कुनै मसला प्रयोग भएको हुन्छ । मसलाले परिकारको स्वाद र सुगन्ध बढाउनुका साथै शरीरलाई स्वस्थ पनि राख्छ ।ग्लोबल नेपाली सेफ फोरमका संस्थापक , सल्लाहकार तथा स्पाइस पण्डीतका संस्थापक बिनोद बरालले नेपाली खाना र भान्सामा प्रयोग हुने मसलाहारु स्वादको रुपमा मात्र नभएर यसका बिबिध फाइदा पनि रहने गरेको बताउँछन् उनीसंगको कुराकानीमा आधारित केहि मसलाहरू तिनको प्रायोग र फाइदाहरु बारे जानकारी जस्ताको तस्तै :

हिङ : हिङको प्रयोग मुख्यत: सिजनिङमा गरिन्छ । यसले खानाको स्वाद बढाउँछ ।
फाइदा : कफ र पेट दुखेको अवस्थामा यसको प्रयोग औषधिकै रूपमा हुन्छ । दाँत दुखेका बखत गालाको बाहिरी भागमा हिङको लेप लगाउँदा पीडा कम हुन्छ । भर्खरै जन्मिएका बालबालिकाहरूको पेट दुखे नाभिको चारैतिर हिङको लेप लगाइदिँदा आराम हुन्छ ।दालचिनीदालचिनीको प्रयोग सिजनिङका लागि गरिन्छ । गरम तथा अन्य मसला बनाउन पनि यसको प्रयोग गरिन्छ ।

फाइदा : दालचिनीमा हिलिङ र सुन्निने कम गर्ने गुण हुन्छ । घाउ, चोट आदिमा यसको लेप बढी प्रभावकारी हुन्छ । यसले सुन्निएको कम गर्न सहयोग गर्छ । यसको सेवनले ब्लड कोलेस्ट्रोल कम गर्छ ।

अलैंची : अलैंचीको प्रयोग मसला चियाका साथै मिठाईंमा फ्लेवर बढाउन गरिन्छ । फाइदा : अपचको समस्यालाई अलैंचीको प्रयोगले कम गर्छ । अलैंची खाँदा मुख गन्हाउने समस्याबाट मुक्त भइन्छ । मधुमेह हुनेहरूले यसको नियमित सेवन गरे फाइदा हुन्छ । यसको प्रयोग औषधि बनाउन पनि गरिन्छ ।

तेजपात : तेजपातको प्रयोग खानाको स्वाद बढाउन हुन्छ । फाइदा : तेजपातको तेलमा एन्टी फंगल तथा एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले अनेकौं रोग हटाउन सहयोग गर्छ ।

खुर्सानी : खानालाई पिरो बनाउन खुर्सानी प्रयोग गरिन्छ । फाइदा : खुर्सानीमा रहेको एन्टी अक्सिडेन्ट्स कोलेस्ट्रोलसँग लड्न सहायक हुन्छ । यसले क्यालोरी घटाउँछ र मोटोपन कम गर्छ ।

ल्वाङ : ल्वाङ सिजनिङका साथै मसला बनाउन पनि प्रयोग गरिन्छ । फाइदा:ल्वाङ एन्टी बायोटिक, एन्टी सेप्टिक, एन्टी भाइरल, एन्टी फंगल, एन्टी प्यारासिटिक आदि हुन्छ । ल्वाङको तेल एकदम फाइदाजनक हुन्छ । शरीर दुख्दा, दाँत दुख्दा, सुन्निँदा ल्वाङ प्रयोग गर्न सकिन्छ । ल्वाङको तेल दम तथा ब्रोन्क्राइटिस आदिमा पनि उपयोगी छ । यो मांसपेशीको पीडा एवं बाथ रोगका लागि पनि फाइदाजनक मानिन्छ ।

धनियाँ : गार्नेसिङका लागि धनियाँ प्रयोग गरिन्छ । सुकेको धनियाँ मसलाका रूपमा पनि प्रयोग हुन्छ । फाइदा : घाँटीको पीडा, एलर्जी, ज्वरो, पाचन समस्या, बाथ एवं जोर्नीको पीडामा यसको प्रयोग फाइदाजनक हुन्छ ।

जिरा:खानाको स्वाद बढाउन जिरा प्रयोग गरिन्छ । फाइदा : जिरा आइरन एवं क्याल्सियमको राम्रो स्रोत हो । यसले शरीरको प्रतिरोधात्मक क्षमता सुदृढ बनाउँछ । जिरालाई पानीमा उमालेर पिउँदा पेट फुलेको, दुखेको वा अपचबाट मुक्ति पाइन्छ । जिरामा एन्टी क्यान्सर गुण पनि हुन्छ ।

मेथी : मेथीको साग तरकारी बनाएर खाइन्छ । मेथीका दाना मसलाका रूपमा प्रयोग गरिन्छ । तरकारी, अचार आदिमा मेथी पड्काउँदा स्वादमा मिठास आउँछ । मेथीलाई भिजाएर, टुसा उमारेर तरकारीका रूपमा खान सकिन्छ । मेथीलाई भुटेर, मिक्स्चरमा पिसी नुन, खुर्सानी र कागती हाली अचारका रूपमा पनि खाइन्छ ।
फाइदा : नियमित मेथीको सेवनले ब्लड प्रेसर, सुगर तथा कोलेस्ट्रोल कम हुन्छ ।लसुन : तरकारी एवं दालमा लसुन प्रयोग गर्दा खानाको स्वाद वृद्धि हुन्छ ।फाइदा : लसुनमा एन्टिबायोटिक गुण हुन्छ । रुघाखोकीमा यसको सेवन निकै फाइदाजनक छ । लसुनले कोलेस्ट्रोल नियन्त्रण गर्छ । हरेक दिन बिहान खाली पेटमा एक पोटी लसुन खाँदा स्वास्थ्यमा सुधार आउँछ ।अदुवा खानामा स्वादका लागि अदुवा प्रयोग गरिन्छ ।

फाइदा : नियमित रूपमा अदुवा सेवन गर्नाले पाचनसम्बन्धी समस्या, ग्यास एवं अपचजस्ता समस्या समाधान हुन्छन् । अदुवा र मह मिसाएर खाँदा खोकीमा आराम मिल्छ । रुघाखोकीमा अदुवाको चिया निकै लाभदायक सिद्ध हुन्छ ।मरिच खानामा स्वादका लागि मरिच प्रयोग गरिन्छ ।

फाइदा:मरिचले चिसो, रुघाखोकी एवं संक्रमणबाट जोगाउँछ । यसले पाचनसम्बन्धी समस्या तथा मांसपेशीको पीडामा फाइदा दिन्छ ।बेसार
बेसार धेरै प्रकारका स्वास्थ्य समस्यामा उपयोगी छ । खाना पकाउनुका साथै छालाको हेरचाहका लागि पनि यसको प्रयोग उत्तिकै हुन्छ ।
फाइदा:बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । यसको लेप काटिएको, चिरिएको घाउ आदिमा एकदम फाइदाजनक हुन्छ । बेसार पाउडर तातो दूधमा हालेर पिउँदा घाँटीको समस्या, चिसो, पीडा तथा चोटपटकमा आराम मिल्छ । चिसोमा बेसार मिसाइएको दूध पिउँदा हाड बलिया हुन्छन् ।केसर
केसरको प्रयोग खानाका साथै अनेकौं सौन्दर्य प्रसाधनमा गरिन्छ । फाइदा : केसरले छालासम्बन्धी समस्यामा ठूलो राहत प्रदान गर्छ । यसले ठण्डी एवं खोकीमा पनि आराम दिन्छ ।

(१९९३मा लन्डन आएका बराल प्रसिद्ध चेन रेस्टुरेन्ट बब्म्बे बाइसाइकलका एकजुकेटिभ सेफ , डु एंड कोका एसियन हेड सेफ हुँदै हाल मोमो एण्ड रोटि र जुम्बारा रेस्टुरेन्टका संचालक हुन्

          June 19, 2018 10:56 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...