मिसकलबाट प्रेम, घरबाट भागिसकेपछि प्रेमीको नाम थाहा पाउँदा उड्यो प्रेमिकाको होस
फोनमा आएको एउटा मिसकलबाट सुरु भएको प्रेम यतिसम्म बढ्यो कि प्रेमी जोडी घारबाट भागे । भागेर हिँडेका उनीहरुलाई बाटोमा प्रहरीले भेट्यो । प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा युवकले प्रेमिकालाई आफ्नी बहिनी भएको बताए । उनले बहिनीको उपचार गर्न जान लागेको भने । प्रहरीले शंका लागेर युवकको झोला चेक गर्दा झोलामा युवकको आधार कार्ड भेटियो । आधार कार्डमा युवकको नाम देखेपछि युवतीको होसहवास उड्यो ।
घटना भारतको गोरखपुरको हो । यो जोडी भागेर चेन्नइ जाने तयारीमा थियो । युवकको नाम खुलेपछि युवतीले उनीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी छिन् । प्रेमीको नाम अमीन अल हक भएको बताइएको छ । उनले ती किशोरीलाई भने आफ्नो नाम सोनु विश्वकर्मा बताएका थिए । अमिन चेन्नइमा काम गर्छन् । उनी केही दिनअघि मात्र गाउँ आएका थिए । उनले १६ वर्षकी ती किशोरीलाई बिहेको आश्वासन दिएर चेन्नइ लैजाँदै थिए ।
किशोरीका अनुसार एक मिसकलपछि उनीहरुको फोनमा कुरा भएको थियो । त्यसपछि उनीहरु भेट्न थाले । दुईबीच शारीरिक सम्बन्ध पनि भयो । किशोरीले उनलाई सोनू नै सम्झिरहेकी थिइन् । उनले युवक आतंकवादी पनि हुन सक्ने आशंका व्यक्त गरेर बलात्कारको उजुरी दिएकी छिन् । उनले युवकको वास्तविक नाम थाहा पाउनासाथ रुन लागेको प्रहरीले बताएको छ । युवालाई जेल पठाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरीलाई आशा ज्योति केन्द्रमा राखिएको छ ।
June 19, 2018 1:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन