बच्चालाई नियमित खुवाउनु पर्छ केरा , एस्तो छ कारण
बच्चाको खानामा केरा राख्न कहिले पनि बिर्सनु हुँदैन, किनभने केरामा बच्चालाई आवश्यक पर्ने धेरै पोषक तत्वहरु पाइन्छन् । केरामा म्याग्नेसियम, भिटामिन बी ६, फाइबर, पोटासियम, आइरन, भिटामिन ए, बायोटिन तथा अन्य पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक हुन्छ ।बच्चालाई बिहानको नास्ता, दिउसो वा जुनसुकै समयमा पनि केरा खुवाउन सकिन्छ । केराले बच्चाको लामो समयको भोक टार्छ र दिनभर सक्रिय बनाइ राख्नमा मद्दत गर्छ ।
बच्चलाई केराले के के फाइद गर्छ ?
तुरुन्त शक्ति (इनर्जी) पाउनः यदि तपाईंको बच्चा खेलकुदमा लाग्छ भने उसलाई दिनहुँ केरा खान दिनुपर्छ । यसले शरीरमा दिनभरी नै उर्जा प्रदान गर्छ ।
पाचन प्रक्रियाः केरामा पोक्टिन नामक फाइवर पाइन्छ, जसले कार्बोहाइटेडलाई तुरुन्तै सुगरमा परिणत गरिदिन्छ । जसका कारण पाचनक्रिया दुरुस्त रहन्छ । जुन बच्चाले दिनहुँ केरा खान्छ उसको पेटको पाचन प्रक्रिया सधै राम्रो रहन्छ ।
हड्डी बलियो बनाउनः केरामा पोटासियम तत्व पाउन सकिन्छ, जुन बच्चाको आहाराद्वारा पाइने सोडियमलाई न्यूट्रिलाइज गरी हड्डीलाई थप बलियो बनाउँछ ।
दिमाग तेज बनाउनः केरा खाने बच्चाको दिमाग सधै सक्रिय रहनुका साथै आफ्नो कुनैपनि काम ध्यानपूर्वक गर्नसक्छ । केरामा पाइने पोटासियकका कारण बच्चाको दिमाग तेज रहन्छ ।
एनिमियाबाट बचाउनः केरामा आइरन, फोलेट, भिटामिन बी १२ पाउन सकिन्छ । जुन रातो रक्तकोषको निमार्ण गर्नमा सहयोगी हुन्छ ।
June 20, 2018 11:03 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन