Friday 26th April 2024

बच्चालाई नियमित खुवाउनु पर्छ केरा , एस्तो छ कारण

6 years अगाडी

बच्चाको खानामा केरा राख्न कहिले पनि बिर्सनु हुँदैन, किनभने केरामा बच्चालाई आवश्यक पर्ने धेरै पोषक तत्वहरु पाइन्छन् । केरामा म्याग्नेसियम, भिटामिन बी ६, फाइबर, पोटासियम, आइरन, भिटामिन ए, बायोटिन तथा अन्य पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक हुन्छ ।बच्चालाई बिहानको नास्ता, दिउसो वा जुनसुकै समयमा पनि केरा खुवाउन सकिन्छ । केराले बच्चाको लामो समयको भोक टार्छ र दिनभर सक्रिय बनाइ राख्नमा मद्दत गर्छ ।
बच्चलाई केराले के के फाइद गर्छ ?

तुरुन्त शक्ति (इनर्जी) पाउनः यदि तपाईंको बच्चा खेलकुदमा लाग्छ भने उसलाई दिनहुँ केरा खान दिनुपर्छ । यसले शरीरमा दिनभरी नै उर्जा प्रदान गर्छ ।

पाचन प्रक्रियाः केरामा पोक्टिन नामक फाइवर पाइन्छ, जसले कार्बोहाइटेडलाई तुरुन्तै सुगरमा परिणत गरिदिन्छ । जसका कारण पाचनक्रिया दुरुस्त रहन्छ । जुन बच्चाले दिनहुँ केरा खान्छ उसको पेटको पाचन प्रक्रिया सधै राम्रो रहन्छ ।

हड्डी बलियो बनाउनः केरामा पोटासियम तत्व पाउन सकिन्छ, जुन बच्चाको आहाराद्वारा पाइने सोडियमलाई न्यूट्रिलाइज गरी हड्डीलाई थप बलियो बनाउँछ ।

दिमाग तेज बनाउनः केरा खाने बच्चाको दिमाग सधै सक्रिय रहनुका साथै आफ्नो कुनैपनि काम ध्यानपूर्वक गर्नसक्छ । केरामा पाइने पोटासियकका कारण बच्चाको दिमाग तेज रहन्छ ।

एनिमियाबाट बचाउनः केरामा आइरन, फोलेट, भिटामिन बी १२ पाउन सकिन्छ । जुन रातो रक्तकोषको निमार्ण गर्नमा सहयोगी हुन्छ ।

          June 20, 2018 11:03 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...