विवाह गरेको सात दिनपछि श्रीमतीको वास्तविकता श्रीमानले थाहा पाएपछि
एजेन्सी। केही दिन पहिला पंजाब र हरियाणा हाइकोर्टले एक महिलालाई श्रीमानले काली–कलुटी भनेको भन्दै श्रीमानसँग सम्बन्ध विच्छेद गर्न अनुमति दिएको थियो। अदालतको यो फैसला निकै चर्चामा रह्यो। सामाजिक संजालमा त यसको चर्चा अहिलेसम्म पनि सेलाएको छैन। तर त्यसको ठिक विपरित गुजरातको अहमदाबादमा एउटा यस्तो घटना भएको छ, जहाँ श्रीमानले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न अदालतमा अपिल गरे। यद्यपी अदालतले उनलाई सम्बन्ध विच्छेद गने अनुमति दिएको छैन।
ती व्यक्तिले अदालतमा गरेको अपिलमा आफ्नी श्रीमतीले शेव गरेर दाह्री निकाल्ने गरेको आरोप लगाएका छन्। त्यतिमात्रै होइन श्रीमतीले केटामान्छेको जस्तो आवाज निकाल्ने गरेकाले आफू उनीसँग बस्न नसक्ने बताएका छन्। ती व्यक्तिले अदालतमा गरेको अपिलमा आफूले विवाह पूर्व श्रीमतीको अनुहार नदेखेको दाबी गरेका छन्। उनले परिवारले सामाजिक परम्पराको कुरा गर्दै विवाह पहिला श्रीमतीको नजिकै जान नदिएको उनले जिकिर गरेका छन्।
विवाहपछि ती व्यक्तिले श्रीमतीलाई देख्दा उनी क्लीन शेव र मेकअपमा थिइन्। विवाह भएको करिव सात दिनपछि ती व्यक्ति कामको सिलसिलमा अर्कै शहर गए। उनी केही दिनपछि अचानक घर आउँदा श्रीमतीको गालमा दाह्री देखेका थिए।
त्यसपछि करिव १५ दिनसम्म ती व्यक्तिले आफ्नी श्रीमतीको निगरानी गरे। उनले योबीचमा श्रीमतीको गालामा दाह्री बढिरहेको देखे। त्यति मात्रै होइन, उनको आवाज पनि पुरुषको जस्तै थियो। यी नै कारण देखाउँदै ती व्यक्तिले अदालतमा सम्बन्ध विच्छेद गरिपाउँ भन्दै अपिल गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। यो मामिलामा केटी पक्षले भने आफूहरुमाथि झुठो आरोप लगाएको बताएका छन्। केटी पक्षका वकिल केटापक्षले दाइजो मागेको र केटी पक्षले त्यो माग पूरा गरेको बताएका छन्।
June 20, 2018 11:44 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन