मोडलिङमा १८ बर्षे नबिन
प्रदिप अधिकारी, झापा – मोडलिङ तथा कलाकारितामा एकदमै रुची राख्ने नबिन अधिकारीको जन्म २०५७ सालमा भएको हो । पिता पूर्ण अधिकारी र माता मुनाको कोखबाट जेठो छोराको रुपमा झापा जिल्लाको दमकमा भएको हो । उनको जन्म दमकमा भएता पनि बाल्यकाल भने झापाको गोलधाप र बिर्तामोडमा बित्यो । सानै देखि मोडलिङ तथा गीत गाउनमा रुची राख्ने नबिन मध्यम बर्गीय परिवारका हुन् । अधिकारीले बि.स. २०७२ सालमा बाल्मिकी स्कुलबाट फर्स्ट डिभिजनमा एसएलसी परिक्षा उत्रिर्ण गरेका थिए । साथिभाइ संग एकदमै छिटै घुलमिल हुने तथा लजालु स्वाभाबका नबिन साथिभाइ तथा आफन्तजनमा एकदमै प्यारा छन् ।
यस क्षेत्रमा अघि बढ्न उनको परिवारबाट एकदमै धेरै सहयोग तथा हौसला पाएको बताउदै नबिनले भने, “सबै भन्दा धेरै साथ मेरो हजुरबुवाले दिनुभएको छ र सधै भरि दिइनै रहनु हुने छ ।” पारिवारिक हौसला संग संगै उनलाइ कलाकारिता क्षेत्रमा अग्रसर हुन उनका साथिभाइको पनि उत्तिकै साथ र सहयोग गरेको उनले सुनाए ।
हाल कक्षा १२ मा अध्ययनरत अधिकारी १० वर्षको हुदाँ देखि मोडलिङ तर्फ आकर्षित भएका थिए । उनले भने,”रुची हुदा हुदै पनि धेरै कुरा हरु बाधा बनेर आइनै रहन्थ्ये ।” एस एल सी सकेर काठमाडौंमा उनले एउटा सर्ट मुभीमा अभिनय गर्ने मौका पाएका थिए । त्यो मौका केहि कारणबस सफल त हुन सकेन तर यहि समय उनको जिबनको ठुलो टर्निंग पोइन्ट बन्यो । उनले बिभिन्न कलाकारहरु संग भेट गर्ने तथा आफ्नो प्रतिभा देखाउने अवसर पाए ।

काठमाडौंमा उनको भेट सुलेमान शंखर(इकु) संग भयो र उनि केहि समय इकुकै घरमा बसे र त्यहाँ उनले यस क्षेत्रको सबै कुराहरुको प्रत्यक्ष रुपमा जानकारी लिन र धेरै कुरा सिक्ने राम्रो अवसर पनि पाए । “तिम्रो उमेर अझै छ, हरेक कुराहरु बिस्तारै सिक्दै जाने छौ, र यस्तै सानो सानो कुराले गर्दा तिम्लाई यो क्षेत्रमा प्रवेश गर्न सजिलो ” सुलेमान संखरले भनेको यो शब्दलाइ नै उनले आफ्नो प्रेरणाको रुपमा लिएका छन् । काठमाडौंको बसाइको क्रममा उनले “आइफा अवार्ड मलेसिया” को आयोजकहरु संग भेटघाट गर्ने मौका पाए र वहाँहरु बाट पनि उनले आशिर्वाद तथा हौसला प्राप्त गरे ।
झापा फर्किएपछी उनले आफ्नो करियरको पहिलो प्रोजेक्ट “ग्रासियर प्रोडक्सन” संग मिलेर गरे । उनको पहिलो अभिनयमा रहेको म्युजिक भिडियो “रहर”मा सबै राम्रो फिडब्याक आएको हुनाले उनलाई काम गर्ने हौसला बढीनै रह्यो । मोडलिङको क्षेत्रका लागि शारीरिक बनोटको पनि राम्रै तालमेल हुनु पर्ने भएकाले उनले केहि महिना मेहनत गरेर आफ्नो सरिरको बनोटमा पनि परिवर्तन ल्याए । पढाइ संग संगै कलाकारितालाइ अगाडी बढाउने सोच राखेका नबिन यतिबेला आफ्नो नयाँ म्युजिक भिडियोको तयारीमा छन् ।
June 21, 2018 5:08 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन