Monday 6th May 2024

मोडलिङमा १८ बर्षे नबिन

6 years अगाडी

प्रदिप अधिकारी, झापा –  मोडलिङ तथा कलाकारितामा एकदमै रुची राख्ने नबिन अधिकारीको जन्म २०५७ सालमा भएको हो । पिता पूर्ण अधिकारी र माता मुनाको कोखबाट जेठो छोराको रुपमा झापा जिल्लाको दमकमा भएको हो । उनको जन्म दमकमा भएता पनि बाल्यकाल भने झापाको गोलधाप र बिर्तामोडमा बित्यो । सानै देखि मोडलिङ तथा गीत गाउनमा रुची राख्ने नबिन मध्यम बर्गीय परिवारका हुन् । अधिकारीले बि.स. २०७२ सालमा बाल्मिकी स्कुलबाट फर्स्ट डिभिजनमा एसएलसी परिक्षा उत्रिर्ण गरेका थिए । साथिभाइ संग एकदमै छिटै घुलमिल हुने तथा लजालु स्वाभाबका नबिन साथिभाइ तथा आफन्तजनमा एकदमै प्यारा छन् ।

यस क्षेत्रमा अघि बढ्न उनको परिवारबाट एकदमै धेरै सहयोग तथा हौसला पाएको बताउदै नबिनले भने, “सबै भन्दा धेरै साथ मेरो हजुरबुवाले दिनुभएको छ र सधै भरि दिइनै रहनु हुने छ ।” पारिवारिक हौसला संग संगै उनलाइ कलाकारिता क्षेत्रमा अग्रसर हुन उनका साथिभाइको पनि उत्तिकै साथ र सहयोग गरेको उनले सुनाए ।

हाल कक्षा १२ मा अध्ययनरत अधिकारी १० वर्षको हुदाँ देखि मोडलिङ तर्फ आकर्षित भएका थिए । उनले भने,”रुची हुदा हुदै पनि धेरै कुरा हरु बाधा बनेर आइनै रहन्थ्ये ।” एस एल सी सकेर काठमाडौंमा उनले एउटा सर्ट मुभीमा अभिनय गर्ने मौका पाएका थिए । त्यो मौका केहि कारणबस सफल त हुन सकेन तर यहि समय उनको जिबनको ठुलो टर्निंग पोइन्ट बन्यो । उनले बिभिन्न कलाकारहरु संग भेट गर्ने तथा आफ्नो प्रतिभा देखाउने अवसर पाए ।

काठमाडौंमा उनको भेट सुलेमान शंखर(इकु) संग भयो र उनि केहि समय इकुकै घरमा बसे र त्यहाँ उनले यस क्षेत्रको सबै कुराहरुको प्रत्यक्ष रुपमा जानकारी लिन र धेरै कुरा सिक्ने राम्रो अवसर पनि पाए । “तिम्रो उमेर अझै छ, हरेक कुराहरु बिस्तारै सिक्दै जाने छौ, र यस्तै सानो सानो कुराले गर्दा तिम्लाई यो क्षेत्रमा प्रवेश गर्न सजिलो ” सुलेमान संखरले भनेको यो शब्दलाइ नै उनले आफ्नो प्रेरणाको रुपमा लिएका छन् । काठमाडौंको बसाइको क्रममा उनले “आइफा अवार्ड मलेसिया” को आयोजकहरु संग भेटघाट गर्ने मौका पाए र वहाँहरु बाट पनि उनले आशिर्वाद तथा हौसला प्राप्त गरे ।

झापा फर्किएपछी उनले आफ्नो करियरको पहिलो प्रोजेक्ट “ग्रासियर प्रोडक्सन” संग मिलेर गरे । उनको पहिलो अभिनयमा रहेको म्युजिक भिडियो “रहर”मा सबै राम्रो फिडब्याक आएको हुनाले उनलाई काम गर्ने हौसला बढीनै रह्यो । मोडलिङको क्षेत्रका लागि शारीरिक बनोटको पनि राम्रै तालमेल हुनु पर्ने भएकाले उनले केहि महिना मेहनत गरेर आफ्नो सरिरको बनोटमा पनि परिवर्तन ल्याए । पढाइ संग संगै कलाकारितालाइ अगाडी बढाउने सोच राखेका नबिन यतिबेला आफ्नो नयाँ म्युजिक भिडियोको तयारीमा छन् ।

          June 21, 2018 5:08 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...