अनुहार चम्काउन भन्दै कुकुरको मुत्रपान !
गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन अद्यपि छ । तर अब कुकुरको मुत्रपान गर्ने फेसन सुरु भएको छ ।एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् ।नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छन् ।सार्वजनिक भएको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् ।
उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?’त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई सनक्क पिउँछिन् ।एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए ।’
कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ स्मरणरहोस् प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा थियो । तर आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन ।
एजेन्सी
June 21, 2018 5:39 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन