दुब्लोपन र कमजोरीबाट मुक्त हुन अपनाउनुस् यी उपायहरु
काठमाडौँ । आजकल सबैको चिन्ता मोटोपन घटाउने मात्र छैन । कतिपयलाई तौल बढाउनुपर्ने अवस्था पनि छ ।कतिपय मानिसमालाई दिनभरिको काम, हर्मोन परिवर्तन अथवा रोगका कारण दुब्लोपन र कमजोरीका समस्या देखेका छन् ।उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला व्यक्तिको तौल ६० केजीसम्म सहि मानिन्छ । त्यो भन्दा अधिक कम वा धेरै तौल हुनु स्वभाविक होइन । अस्वभाविक तौल रोगको घर हो ।
तौल बढाउन स्वस्थ्य शरीरको मापदण्ड पुरा गर्न हो । त्यसबाहेक सुहाउँदिलो ज्यान देखाउन । उचाई अनुरुप मोटाइ भएन भने ज्यान खिरिलो देख्छ । लुगा लगाउँदा पनि ह्याङगरमा टाँगिएको जस्तो देखिन्छ । त्यसैले खिरिलो ज्यान भएकाहरु स्वभाविक रुपमा मोटाउन चाहन्छन् ।शरीरको तौल बढाउनका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ । मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । मकैको रोटी यस्तो प्रभावकारी खाना हो, जसले सजिलै पातलो व्यक्तिको मोटाइ बढाउँछ ।
दुब्लोपनको समस्याबाट जोगिन यसो गर्नुस्: केरा:दिनहुँ दुई/तीन केरा एक गिलास दूधसँग बिहान–बेलुका खानाले दुब्लोपन हटाउँछ ।

छोकडा, काजु र बदाम:चार/पाँच वटा छोकडा, दुई/तीन वटा काजु र दुई वटा बदाम हालेर एक गिलास दूध उमाल्ने । त्यसमा दुई चम्चा मिस्री मिसाएर दिनहुँ सुत्नअघि यस मिश्रणको सेवन गर्ने ।

दैनिक स्याउको सेवन:दैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ ।

हरियो मटर: हरियो मटरको सेवन पनि लाभदायक हुन्छ । यसले रगत र मांशपेशी बनाउन सहयोग गर्छ । नतिजा, दुब्लोपन हट्छ ।

किसमिस:किसमिसका १०–१५ गोटालाई राति तातो पानीमा पखालेर भिजाउने । बिहान किसमिससहित पानीको पनि सेवन गर्ने । यसले दुब्लोपन हटाउन मद्दत गर्छ ।

मह र बेसार:एक चम्चा महमा एक चम्चा बेसार मिसाएर दिनहुँ सेवन गर्ने । यसले दुब्लोपन हटाउँछ ।
दालचिनी:एक गिलास दूधमा एक चिया चम्चाको चौथो भाग दालचिनी पाउडर र एक चम्चा मह मिसाएर पिउँदा पनि दुब्लोपन हट्छ ।
घिउ र मह:खाना खाएपछि दुई चम्चा घिउमा एक चम्चा मह मिसाएर खानाले वजन बढ्ने गर्छ ।

अंगुर:खानापछि नियमित रूपमा एक कप अंगुरको जुस पिउनाले पनि वजन बढ्छ र दुब्लोपन हट्छ ।

सुफ र :बराबर मात्रामा सुफ र मिस्री मिसाउने र त्यसको धुलो बनाउने । दिनुहुँ खाना खाएपछि सुफ र मिस्रीको धुलो दुई चम्चा खाएमा पनि दुब्लोपन हटेर जान्छ ।

मेथी: दुई चम्चा मेथी दानालाई एक गिलास पानीमा पाँच घण्टासम्म भिजाउने । त्यो पानी उमालेर छान्ने । त्यसमा दुई चम्चा मह मिसाएर नियमित खाने । यसले पनि दुब्लोपन हटाउन मद्दत गर्छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन