प्याजको बोक्राका यी पाँच फाइदा थाहा पाउँदा बिर्सेर पनि गर्नुहुनेछैन यसलाई फ्याँक्ने गल्ती
प्याजको फाइदाबारे हामीमध्ये धेरैलाई थाहा होला तर डस्टबिनमा फ्याँकिने प्याजको बोक्राको फाइदाबारे भने निकै कमलाई थाहा होला । सुन्दा अचम्म लाग्ला तर प्याजको बोक्राले हाम्रो विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ । यसबारे जानकारी लिऔंः
एलर्जीबाट राहतः यदि तपाईंको छालामा एलर्जी भइरहन्छ भने प्याजको बोक्रालाई रातभरी भिजाएर राख्नुहोस् र बिहान उठेपछि त्यही पानीले छाला सफा गर्नुहोस् यो तरिका दैनिक अपनाउँदा तपाईंलाई एलर्जीको समस्याबाट राहत मिल्छ ।
सुन्दर कपालः महिलाले आफ्नो कपाललाई नरम र चम्किलो बनाउन विभिन्न प्रकारको कन्डिसनरको प्रयोग गर्छन् । तर तपाईं प्याजको बोक्राको पानीले कपालको सुन्दरतालाई कायम राख्नसक्नुहुन्छ । यसका लागि सुरुमा तपाईंले स्याम्पुले नुहाउनुपर्छ र रातभरी प्याजको बोक्रा भिजाएको पानीले अन्तिममा पखाल्नुहोस् ।
अनुहारको दाग–धब्बाः अनुहारको दाग धब्बा हटाउनका लागि विभिन्न सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ । यसबाट राहत पाउनका लागि प्याजको रसयुक्त बोक्राको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रामा बेसार मिसाएर यसलाई दाग भएको स्थानमा लगाउनसक्नुहुन्छ । नियमित रुपमा यस्तो गर्दा केही दिनमा नै तपाईंको अनुहारबाट दाग गायब हुनेछन् ।
घाँटी दुख्दाः प्याजको बोक्राले तपाईंलाई घाँटी दुख्दा पनि आराम दिन्छ । यसका लागि प्याजको बोक्रालाई तातो पानीमा उमाल्नुहोस् । घाँटी सम्बन्धि समस्याका लागि प्याजको बोक्राको अचम्मको चिया निकै लाभकारी हुनेछ ।
June 29, 2018 11:48 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन