जहाज उडाइरहेका बेला पाइलटलाई हृदयघात, त्यसपछि के भयो?
एजेन्सी। एक विमान चालकले आफ्नो ज्यानलाई खोजिममा हालेर यात्रुको ज्यान बचाएका छन्। पाइलटको यो कामकालागि खुश प्रशंषा गरिएको छ। इंफालदेखि कोलकाता जाँदै गरेको इण्डिगो एयरलाईन्स विमानका चीफ पाइलट जहाज उडानका क्रममा हृदयघात भएको थियो। असैह्य पीडाका बापजूद पाइलटले जहाजलाई कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरएका थिए।
यो घटना गत शनिबारको हो। ६३ वर्षीय क्याप्टेन सिल्वियो डियाज अकोस्टा कोलकाता ल्याण्ड गर्ने तयारी गरिरहेका थिए। त्यतिनै बेला उनको अचानक शरीरमा दुख्न सुरु भयो। उनको शरीरमा पसिना पनि आउन सुरु भयो। उनले यो कुरा आफ्ना पायलटलाई भने।
त्यसपछि सिल्वियोले आप्नो जिम्मेवारी सम्झँदै स्वयंलाई सम्हाले र आफ्ना को–पाइलटको सहयोगमा जहाजलाई सुरक्षित रुपमा अवतरण गराए। त्यसपछि उनलाई तत्काल मेडिकल युनिट लगियो। जहाँ ईसीजी रिपोर्टमा थाहा लाग्यो की उनको अवस्था गम्भीर छ।
डाक्टरले सिल्वियोको अवस्था निकै गम्भीर रहेको बताएका थिए। डाक्टरहरुले हृदयघाट भएपनि अकोस्टाले जुन बहादुरीले जहाज उडाए, त्यो कुनै चमत्कार भन्दा कम नभएको बताएका थिए। अहिले क्याप्टेनको अवस्था ठिक रहेको र उनलाई डाक्टरको निगरानीमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
June 29, 2018 1:23 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन