श्रीमतीले हैरान पारेपछि अर्को जन्ममा यस्ती श्रीमती नपरोस् भनी श्रीमानले गरे यस्तो
एजेन्सी। श्रीमान् श्रमितीको सम्बन्ध सबैभन्दा नजिकको मानिन्छ । यद्यपि यो सम्बन्धमा पनि विभिन्न समस्याहरु आउँछन् र सम्बन्धविच्छेद नै हुने गरेका घटनाहरु हामीले देख्ने गरेका छौं । तर, श्रीमतीबाट दिक्क भएका श्रीमान्ले अर्को जन्ममा यस्ती श्रीमती नपरोस् भन्नका लागि वटसावित्री पुजा गरेका छन् । सामान्यतया वटसावित्री पूजा पतिको लामो आयु, सुख समृद्धिको लागि गरिने भए पनि यी व्यक्तिले भने पत्नीबाट छुटकारा पाउनको लागि यो ब्रत गरेका हुन् ।
यो विचित्र घटना भारतको कर्नाटक राज्यको हो । हिन्दू संस्कृतिमा सामान्यतया विवाहित महिलाले अर्को जन्ममा यस जन्मकै पति प्राप्त होउन् भनी यो ब्रत गर्ने गर्छन् । यो ब्रत ज्येष्ट शुक्लपक्षको पूर्णिमाका दिन गरिन्छ । शशिधर रामचन्द्र कोर्पाडे नामका यी व्यक्तिले पनि यही शुभ दिनमा ब्रत गरे तर अर्को जन्ममा उनै पत्नी पाउनको लागि नभइ अर्को जन्ममा उही पत्नी नपरोस् भन्नका लागि ।
कर्नाटकमा बेलागवीमा बस्ने यी व्यक्तिले पत्नी पीडित व्यक्तिहरुको लागि एक सेन्टर पनि चलाउँछन् । शशिधरका अनुसार उनी आफ्नी पत्नीबाट दिक्क भइसकेका छन् र उनीबाट छुटकारा पाउन चाहन्छन् । उनका अनुसार उनकी पत्नीले उनी र उनको परिवारलाई दाइजोको झुटो केसमा फसाएकी छिन् । अर्को जन्ममा उनी बिहे नगरी जीवन बिताउन सक्छन् तर यस्ती पत्नी चाहिँदैन । उनले कसरी पूजा गरे जान्न हेर्नुहोस् भिडियो ।
June 30, 2018 12:03 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन