सस्तो मूल्यमा दाँत उखेल्न खोज्दा
एजेन्सी। पाकिस्तानका एक व्यक्तिलाई नक्कली डाक्टरसँग उपचार गराउनु निकै महंगो सावित भएको छ । घटना कराँची शहरको हो । यहाँ नक्कली डाक्टरले दाँत उखेलिदिएपछि मोहम्मद फारुक नामका व्यक्तिलाई मुखको क्यान्सर भयो । क्यान्सर अन्तिम स्टेजमा छ र मुख सुन्निएर टाउकोजत्रो भएको छ । फारुकलाई खान पनि मिल्दैन र उनी बेडमा मृत्युको प्रतिक्षामा छन् ।
कारपेन्टरको काम गर्ने फारुकलाई एक दिन दाँत दुखेको थियो । उनका साथीले उनलाई दाँत उखेल्न सल्लाह दिए । उनीहरु सस्तो उपचारको चक्करमा नक्कली डाक्टरकहाँ पुगे । दाँत निकालेको ८ महिनापछि फारुकको अनुहार सुन्निन थाल्यो । तर, उनलाई अहिलेसम्म यो कुराको आभाससम्म थिएन कि उनलाई क्यान्सर भएको छ । सुरुमा उनले यो समस्यालाई त्यति वास्ता गरेनन् । तर जब सुन्निने क्रम बढ्दै गयो त्यसपछि उनी सरकारी अस्पताल पुगे । अस्पतालमा डाक्टरले धेरै परीक्षण गरेपछि उनलाई क्यान्सर भएको पुष्टि भयो । अहिले फारुकको रोग अन्तिम चरणमा छ । डाक्टरले किमोथेरापी गर्न पनि अस्वीकार गरेका छन् किनकि फारुकको बच्ने सम्भावना छैन । यही कारण डाक्टरहरुले बिना कारण उनलाई कष्ट दिन नचाहेको बताएका छन् । डाक्टरले उनलाई पीडा र जलन क मगर्ने औषधी मात्र दिएका छन् ।
July 1, 2018 11:46 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन