आफ्नै पत्नीलाई जुवाको दाउमा लगाएर हारेपछि जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए !
भारतको ओडिसास्थित बालेश्वर जिल्लामा एक सर्मनाक घटना घटेको छ । एकजना पुरुषले आफ्नै पत्नीलाई जुवाको दाउमा लगाएर हारेका छन् । घटना यतिमा मात्र सिमित रहेन । जुवा हार्ने व्यक्तिले जुवा जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए । अनि जित्नेले जुवामा जितेकी अर्काकी श्रीमतीलाई उनकै लोग्ने अगाडि बलात्कार गरे ।पीडित महिलाले स्थानीय प्रहरी चौकीमा बलात्कारको उजुरी दर्ता गराएकी छन् । त्यसपछि उनका पति र जुवामा जितेर आफूलाई बलात्कार गर्ने पुरुष दुवैजना फरार छन् ।ती महिलाका अनुसार गत मे २३ मा उनका लोग्ने राति ११ बजे घर आएर उनलाई आफूसँगै हिड्न भने । उनले कहाँ जाने ? भनेर सोध्दा कुनै जवाफ दिएनन् ।
त्यसपछि उनलाई जबरजस्ती गाउँ भन्दा बाहिर लगे, जहाँ लोग्नेका एकजना साथी पहिले देखि नै बसिरहेका थिए । लोग्नेका ती साथीलाई महिलाले पहिले देखिनै चिन्थिन् र भाइ भन्थिन् । तर अकस्मात ती पुरुषले उनको हात समातेर तान्न खोजे । उनले विरोध गरिन् । तर उनका लोग्नेले त्यो परपुरुषलाई झापड हान्नुको साटाे उल्टै आफ्नै श्रीमतीको साडी फुकालिदिए अनि श्रीमतीलाई त्यहीँ जुवाडे साथीको हातमा बुझाइदिए ।
आफूलाई त्यो जुवा जित्नेवाला मानिसले केही पर लगेर बलात्कार गरेको उनले बताएकी छिन् । अर्को दिन बिहान ती महिलाकी छोरीले आफ्नो मावली हजुरबुवालाई फोन गरी आमामाथि भएको बलात्कारको बेलिविस्तार लगाइन् । महिलाका बाबु उनको घर आएर पीडित महिलालाई माइत लगेर गए । अनि प्रहरीमा बलात्कारको उजुरी दर्ता गरिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
July 1, 2018 1:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन