डिप्रेसन हटाउन तथा डायबिटिजबाट बच्न सेवन गर्नुहोस् बदाम
तौल नियन्त्रण गर्छः बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ। मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।
क्यान्सरबाट बचाउँछः बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ। फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।
कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ।
डायबिटिजबाट जोगाउँछः म्याग्नेसियमका कारण बदाम शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न फाइदाजनक मानिन्छ र डायबिटिजको समस्याबाट जोगाउँछ।
स्ट्रोकको खतराबाट जोगाउछ : बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ।
डिप्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस।
शिशुलाई स्वस्थ बनाउँछः बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ। तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ।
छालामा चमक ल्याउँछः बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउछ। बदाममा पाइने पोषणयुक्त फाईबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ। बदाममा बृद्ध हुनबाट जोगाउने अणु हुन्छ जसले छालालाई चाउरी पर्नबाट जोगाउछ। नियमित बदामको सेबनले अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन।
कपाल सुन्दर बनाउँछः बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन्। तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ। लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ।
July 7, 2018 3:29 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन