भ्वाईस अफ तिलोत्तमाकी बिजेता मालिका मल्लको मोडल तथा नायिका बन्ने लक्ष्य
8 years अगाडी
Nepal Drishti
माधव शाही-
बुटवल । सानै उमेरदेखि गायन तथा नृत्यमा रुचि राख्ने मालिका मल्ल भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने लक्ष्य लिएकी छिन्। मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाइरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन्।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतिहरु पनि यसै क्षेत्रमा धेरै आइरहेको पाइन्छ। धेरै सफल पनि भैरहेका छ्न् भने कोही क्षणिक अबधि पछि यो क्षेत्रबाट हराईरहेका छन्। मोडलिङ क्षेत्रमा प्रसस्त सम्भावना रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफू चर्चित हुने राम्रो मध्यम पनि हो। वास्तवमा कलाकारतिमा एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ। त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ।

बुटवल स्थित एभरेष्ट बोर्डिंग स्कुल कक्षा ९ मा अध्यनरत प्युठानी तारा सिजन ३ को नृत्य विधामा प्रथम बन्न सफल भैसकेकी मालिका मोडलिङ क्षेत्रलाई ब्यबसायिक रुपमा अगाडि बढाउने सोचका साथ सम्भावनासहित मोडलिङमा प्रवेश गर्ने उनी बताउ छीन् । दाङ जिल्ला स्थित मौरीघाट जन्मथलो भएकी मालिकाले बिभिन्न नृत्य तथा गायन प्रतियोगितामा प्रथम बन्न सफल भैसकेकी छिन् । तिलोत्तमा व्यापार संघद्वारा आयोजित तिलोत्तमा व्यापार मेला २०७४ को साँस्कृतिक कार्यक्रम अन्तर्गत भ्वाईस अफ तिलोत्तमा प्रथम स्थान हासिल गर्न सफल मालिका मल्ल विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी छीन् ।पढाईमा पनी उत्तीकै अब्बल मालिका लाई भ्वाईस अफ तिलोत्तमा प्रथम स्थान हासिल गरे पश्चात स्कुलले हौसला स्वरूप उनीलाई कक्षा १० सम्म पढ्नको लागी निशुल्क शिक्षा प्रदान गरेको छ ।

अबिभाबक लगायत आफन्तजनबाट पूर्ण रूपमा सहयोग मिलेको बताउँदै अबिभाबक हरूले बच्चा हरूको चाहनामा सहयोग गरे बच्चा अगाढी बड्न ठुलो सफलता मिल्नेमा बिस्वास राख्दछीन् । मालिका मल्लको बच्चादेखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु थियो। नृत्य र गायनमा पोख्त मालिका सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो।





प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...