बच्चालाई दुध चुसाउने दुनियाँकै पहिलो पुरुष
गत जून २६ । अमेरिकाको विस्कन्सिनमा बस्ने एक परिवारको घरमा एक नयाँ पाहुना आउनेवाला थियो । अस्पतालको त्यो रात केवल आमाका लागि मात्र फरक थिएन, पिताको हकमा पनि यस्तो भयो कि जुन उनले सपनामा पनि चिताएका थिएनन् ।एप्रिल न्युबर्सको डेलिभरी सामान्य थिएन, किनकि उनको रक्तचाप निकै उच्च थियो । उनी लामो समयदेखि प्रि एक्लेन्पसिया रोगबाट पीडित थिइन् । यो रोग गर्भवती महिलालाई नै हुने गर्दछ । सुत्केरी हुने समयमा उनको अवस्था झनै बिग्रियो र शल्यक्रिया गरी बच्चा निकालियो ।
रात अबेर एप्रिलको शल्यक्रिया गरी बच्चा जनमाइयो । जन्मिएकी छोरीको नाम रोजेली राखियो । नवजात शिशु रोजेलीको तौल् ३.६ किलो थियो ।छोरी जन्मेलगत्तै एप्रिललाई अर्को स्वास्थ्य समस्या सुरु भयो । उनलाई थप उपचारका लागि अस्पतालको अर्को कोठामा भर्ना गरियो उनको अवस्था यति बिग्रियो कि बच्चा जन्माउने बित्तिकै बच्चालई अँगाल्नै नपाई उनी अर्को कोठामा भर्ना भैहालिन् ।
जब नवजात बच्चीकी आमा त्यहाँ रहिनन् तब नर्सहरुले ती बच्चीलाई उनका बाबु म्याक्समिलियनको जिम्मा लगाए ।म्याक्समिलियन भन्छन्, ‘एकजना नर्सले आफ्नो अँगालोमा हाम्री सुन्दर छोरी लिएर आइन् र मलाई दिइन् । मैले छोरीलाई अँगालोमा समाएँ । छोरीको स्पर्श महसुस होस् भनेर कमिजको टाँक फुकालेर छातिमा टसाएँ । बच्चालाई केही न केही खुवाउनै पर्ने र औँलाले भएपनि दुध चुसाउनुपर्ने नर्सले बताइन् ।’

त्यसपछि उनलाई छातिमा निप्पल टाँसेर बच्चालाई आमाले दुध चुसाएजस्तो गरी छोरीलाई चुसाउन भनियो । उनी तयार भए । त्यसपछि नर्सले ट्युबको सहायताले एउटा प्लास्टिक निप्पल उनको छातिमा टाँसिदिए । उक्त ट्युब बच्चालाई खुवाउने दुधले भरिएको एक सिरिन्जसँग जोडिएको थियो ।
त्यसपछि उनले आफ्नी छोरीलाई छातिमा टाँसिएको निप्पल चुसाएर कृत्रिम दुध पिलाए ।यति गरिरहँदा उनलाई आफू निकै जिम्मेवारी बाबु बनेको त अनुभव भैरहेको थियो, तर बच्चालई दुध चुसाउने दुनियाँकै पहिलो बाबु बनेको कुरा चाहिँ हेक्का थिएन ।उनले धेरैबेर सम्म छोरीलाई दुध चुसाए । दुध चुसाएको अनुभवलाई तस्वीरसहित आफ्नो फेसबुक र इन्स्टाग्राममा पोष्ट गरेका छन् । जुन निकै भाइरल बनेको छ । बीबीसी
July 10, 2018 12:44 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन