जानी राखौ,यी राशिका मानिसहरु हुन्छन् सबैभन्दा बढी बुद्धिमान !
ज्योतिष शास्त्र अनुसार व्यक्ति जन्मदाको समयमा ग्रह-नक्षत्रको गोचरले सम्बन्धित व्यक्तिको जीवनमा ठुलो प्रभाव पार्दछ। खासगरी उसको जन्म राशिसँग सम्बन्धित ग्रहले उसको जीवनको दशा-दिशा निर्धारित गर्दछ। ग्रहहरुका प्रभावले नै ऊसँग सम्बन्धित राशिका जातकका स्वभाव, व्यवहार र गुणहरुका निर्धारण हुन्छ, यस्तोमा जन्म राशिबाट सजिलै मानिसहरुका गुण-दोष पत्ता लगाउन सकिन्छ।आज हामी यसै आधारमा व्यक्तिका मेष राशि देखि मीन राशिसम्म, सबै १२ राशिका जातकका बुद्धि क्षमताको बारेमा बताउन गईरहेका छौं। बुद्धिमता र दिमागको मामिलामा कुन राशि सबैभन्दा तेज छन् र कुन कमजोर ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
ज्योतिष विद्या अनुसार वृश्चिक राशिका जातक दिमागको मामिलामा सबैको गुरु हुन्छन्, ज्योतिषाचार्यका अनुसार यस राशिका मानिसहरुका दिमाग घोडाको चाल सरह तीव्र गतिमा चल्छ। त्यस्तै यी राशिका व्यक्तिहरुमा बुद्धिमत्ताको स्तर पनि धेरै उच्च हुन्छ, यस्तोमा उनीहरुलाई ‘मूर्ख र बेबकुफ’ बनाउन लगभग असम्भव हुन्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कन्या राशिका मानिसहरुका सबैभन्दा ठुलो विशेषता भनेकै उनीहरुका बुद्धिमत्ता हो। वास्तवमा कन्या राशिका स्वामी ग्रह बुध हो जसलाई बुद्धिको देवता मानिन्छ। कन्या राशिका जातक पढाई-लेखाईमा तेज हुन्छन् र उनीहरु शिक्षा जगत र गहन अध्ययनको क्षेत्रमा राम्रो काम गर्छन्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेष राशिका जातक बुद्धिमत्ताको क्रममा दोस्रो स्थानमा आउँछ। ज्योतिषहरुका अनुसार यस राशिका मानिसहरुका ‘आँखा-कान सधैँ नै खुल्ला रहन्छ’… यानि कि उनीहरु सधैँ सतर्क र सचेत रहन्छन् र हर पल केही नयाँ गर्ने बारे सोच्छन्। उनीहरुका सोचाइमा उत्साह हुन्छ र सकारात्मक निर्णयसँगै अगाडी बढ्छन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह राशिका जातक पनि चतुर्याईको मामिलामा कम हुँदैनन्। साहसको साथ उनीहरुमा निर्णय लिने क्षमता गज्जबको हुन्छ। उनीहरुमा सिंह जस्तो चपलता र बहादुरी त हुने भई नै हाल्यो, साथै उनीहरुसँग आस-पासका चिजहरुको अवलोकन गर्ने राम्रो क्षमता हुन्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धनु राशिका मानिसहरुमा पनि विलक्षण बुद्धिमत्ता पाइन्छ। उनीहरु तेज दिमागको साथै सकारात्मक सोच भएका हुन्छन्। सोही कारण उनीहरु करियरको क्षेत्रमा चाँडै सफल हुन्छन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशिका जातक बाहिरबाट हेर्दा कामुक र चञ्चल देखिन्छ, तर यदि तपाईले उनीहरुसँग समय बिताउनुभएमा उनीहरु भित्र पनि गहन चिजहरु बुझ्ने क्षमता हुन्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विशेषत: मकर राशिका जातक आफ्नो ‘मेहनत र लगनशीलता’ को लागि चिनिन्छन्। र उनीहरु मेहनतको साथै आफ्नो दिमागलाई व्यवस्थित तवरले उपयोग गर्न पनि जान्दछन्।
• मिथुन, तुला र कुम्भ राशि
त्यस्तै बुद्धिमत्ताको मामिलामा मिथुन, तुला र कुम्भ तीनै राशिहरु एकै स्तरका हुन्छन्, उनीहरुमा हरेक चिज हेर्ने आफ्नै दृष्टिकोण/नजरिया हुन्छ जो कि दोस्रोको लागि प्राय: एक नयाँ आयाम खोल्छ।
• कर्कट र मीन राशि
त्यस्तै कर्कट र मीन राशिलाई भावुक राशि मानिन्छ, यानि कि यी राशिका जातक दिमागले भन्दा बढी दिलले काम गर्दछन्। उनीहरुका विचारमा भावनाको असर पर्दछ।
July 11, 2018 11:45 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन