गुण्डा नाइके दावा लामाका सहयोगी नेकपाकी सांसद नबिना लामाको दबाबपछि रिहा
राजेश भण्डारी
काठमाडौ – गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामाको जिम्मा लगाएर रिहा गरेको छ । बिहिबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ प्रतिनिधी सभाकी सांसद नविना लामाको दबाबपछि रिहा भएका हुन् ।
नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।
‘प्रतिनिधीसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेका छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी ब्यवस्था अनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’
काभ्रे स्थायी घर भएका सत्यमान लामालाई काभ्रेकै सांसद नविनाले ‘मेरो दाई हो’ भन्दै छाड्न दवाव दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक सिनियर अधिकृतले जानकारी दिएका छन् ।
पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै गुण्डा नाइके दावा लामाले काठमाडौँ छाडेका छन् । दावा काठमाडौँ छाडेर भारतको सिक्किममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ ।
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत वर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो ।
उनी बिरुद्ध बुढानिलकण्ठका दीलिप लामाको २५ लाख धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको छ ।
यसबारे प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा सांसद नविना लामाले आफू व्यस्त भएको उल्लेख गर्दै पछि कुरा गर्ने बताएको रातोपाटिले खबर लेखेको छ।
July 13, 2018 12:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन