सम्पत्तिका लागि छोराछोरीले गराइदिए बाबुआमाको झगडा, बिहेको ४० वर्षपछि डिभोर्स गर्न जाँदा
युवा जोडीको सम्बन्धविच्छेद हुने गरेको सुन्दै आएका हामीलाई यो घटना सुन्दा आश्चर्य लाग्न सक्छ । तर विवाहपछि ४० वर्ष सँगै बिताएपछि एक जोडी अदालतमा सम्बन्धविच्छेदको आवेदन लिएर पुगे । भारतको मध्य प्रदेश भोपालको अदालतमा पुगेका यी दम्पती दुवैको कुरा सुनेपछि अदालतले काउन्सिलिङ गराउँदा खुल्यो यी दुईबीच उनीहरुका सन्तानले नै असमझदारी पैदा गरेका थिए । काउन्सिलिङपछि अदालतले उनीहरुका सन्तानलाई उनीहरुको विषयमा हस्तक्षेप नगर्न निर्देशन दिएको छ । छोराछोरीका कारण १० वर्ष छुट्टाछुट्टै बसेका यी दुईबीच अहिले सम्झौता भएको छ ।
यहाँको अरेरा कोलोनीका वृद्ध दम्पती १० वर्षदेखि छुट्टिएर बसेका थिए । विवाद यतिसम्म बढ्यो कि दुवैले कुटुम्ब न्यायालयमा सम्बन्धविच्छेदका लागि निवेदन दिए । पत्नीे घरेलु हिंसा, भरण पोषण सहित अन्य आरोप पनि लगाइन् । अदालतले उनीहरुको छुट्टाछुट्टै काउन्सिलिङ गरायो । काउन्सिलिङपछि थाहा भयो उनीहरुबीच असमझदारी छोरा, बुहारी र छोरीहरुले पैदा गरेका थिए । उनीहरुले पतिपत्नीको बोलचाल नभएको फाइदा उठाएका थिए ।
यी दुई वृद्ध दम्पतीको नाममा धेरै नै सम्पत्ति रहेको पाइएको छ जुन सम्पत्ति उनीहरुकै सन्तानले हडप्न चाहन्थे । दुवै प्रथम श्रेणीका अधिकारी थिए र रिटायर भएपछि उनीहरुले सम्पत्ति आफ्नै नाममा राखेका थिए । यी दम्पत्ती छोराछोरीको कुरामा लागेर १० वर्षदेखि छुट्टिएर बसेका थिए । काउन्सिलिङमा मुख्य रुपमा उनहिरुको जीवनमा छोराछोरीको हस्तक्षेत्र धेरै भएको तथ्य खुल्यो । छोराछोरी चाहँदैनथे कि उनीहरु सँगै रहुन् । अदालतले उनीहरुलाई एक घण्टा सँगै बिताउने समय दियो । त्यसपछि उनीहरुले सँगै बस्ने निर्णय गरे ।
कुटुम्ब न्यायालयमा एक अर्को मुद्दामा सुनुवाइको क्रममा अदालतमा उपस्थित सबैको आँखा रसाए । अदालतमा सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो । यही क्रममा दम्पतीका १० वर्षका छोराले ५ वर्षपछि भेटेका पितालाई भेट्नासाथ उनलाई अंकमाल गरे । उनी पितालाई छोड्न तयार थिएनन् । ती बालक ५ वर्षका हुँदा पतिपत्नीबीच असमझदारी भएपछि बालक आमासँगै मावलीमा बस्न थालेका थिए । अहिले उनीहरुले सम्बन्धविच्छेदको निवेदन दिएका थिए । तर, बच्चाको हालत देखेपछि स्वयं जजले उनीहरुको काउन्सिलिङ गरे । जजको भावनात्मक काउन्सिलिङपछि उनीहरुमा सम्झौता भयो र उनीहरु नछुट्टिने गरी घर फर्के ।
July 14, 2018 12:52 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन