जागिरको पहिलो दिन नै कर्मचारीले गरे यस्तो काम, मालिकले खुसी भएर दिए आफ्नै कार
एजेन्सी। अमेरिकामा एक कर्मचारीले जागिरको पहिलो दिन नै यस्तो गरे कि मालिकले खुसी भएर आफ्नै कार गिफ्ट दिए । वाल्टर नामका ती व्यक्तिलाई बेलहप्स नामको कम्पनीमा जागिर गर्नु थियो । तर उनको कार बिग्रियो । उनी चाहँदैनथे कि पहिलो दिन नै अफिसमा ढिलो पुगुन् । त्यसैले वाल्टर आधा रातमै घरबाट पैदल निस्किए । उनको क्षेत्रमा केही दिन पहिले तुफान आएका कारण सार्वजनिक यातायात सेवा पनि बन्द थियो । यसकारण उनलाई ३२ किलोमिटर दूरी पैदल हिँडेर अफिस पुग्नुपर्यो । यसबाट खुसी भएका कम्पनीका सिइओले उनलाई आफ्नै कार गिफ्ट दिए ।
जब वाल्टर अफिस जाँदै थिए तब पेलहममा बिहान एक पुलिस अधिकारी मार्क नाइटनले उनलाई एक्लै जाँदै गरेको देखे । मार्कले उनलाई सोधेपछि वाल्टरले सबै कुरा बताए । वाल्टरबाट मार्क यति प्रभावित भए कि उनलाई नाश्ता खुवाए । वाल्टर बिहान अफिस पुगेपछि त्यहाँ काम गर्ने जेनी लेमी र उनका पतिले उनलाई आराम गर्न पनि भने तर वाल्टर सिधै काममा जुटे । जेनी उनको लगनबाट निकै प्रभावित भइन् उनले यसबारे फेसबुकमा लेख्दै वाल्टरबाट प्रेरणा लिनुपर्ने बताइन् । अफिसबाट फर्कने क्रममा जेनीले नै वाल्टरलाई घर छोडिन् । कम्पनीका सिइओ ल्युक मार्कलिनले आफ्ना कर्मचारीको लगनशीलताको बारेमा थाहा पाएपछि यतिसम्म प्रभावित भए कि आफ्नो कार नै गिफ्ट दिए ।
July 20, 2018 11:59 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन