भिखारी सम्झेर शोरुमबाट बाहिर धपाउन खोज्दै थिए, वास्तविकता खुलेपछि उड्यो होस
मानिसको पहिरनबाटै उसको वास्तविकता थाहा नहुन पनि सक्छ । कैयौं धनी व्यक्तिहरु सादा जीवन बाँच्न मन पराउँछन् । यस्तै सादा जीवन बिताउन चाहने एक व्यक्तिसँग अनौठो घटना भएको छ । घटना थाइल्याण्डको हो । यी वृद्धका तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हेर्दा निकै साधारण देखिन्छन् ।
हालै यी वृद्ध एक मोटरसाइकलको शोरुममा पुगे । जहाँ मानिसहरुले यिनको पहिरन हेरेर निकै मजाक उडाए । थाइल्याण्डको थोमस अलेक्स्थित एक मोटरसाइकल शोरुममा पुगेका यी व्यक्तिले शोरुमभित्र गएपछि सबैतिर हेरे अनि त्यहाँ भएको हार्ले डेभिडसन बाइक देखाउन भने । उनको कुरा सुनेर त्यहाँ भएका सबै कर्मचारी हाँस्न थाले र उनको कुरालाई बेवास्ता गरिरहे । शोरुमका सबै स्टाफको व्यवहार देखेर ती वृद्धलाई निकै नराम्रो लाग्यो ।
उनले शोरुमका मालिकलाई बोलाउन भने । पहिले त सबैले उनलाई मालिकसँग भेट्न नदिएनन् तर ती वृद्ध पनि आफ्नो जिद्दीमा अडिग रहे । अन्ततः मालिकसम्म खबर पुग्यो । मालिक आएपछि ती वृद्धले त्यहाँका स्टाफले आफूलाई हार्ले डेभिडसन बाइक नदेखाएको गुनासो गरे । त्यसपछि मालिकले ती व्यक्तिलाई आफैं बाइक देखाए । मालिकले आफैं बाइक देखाएपछि सबै स्टाफ चकित परे । मालिकले ती व्यक्तिलाई देखाएको बाइकको मूल्य झण्डै २० लाख नेपाली रुपैयाँ पथ्र्यो ।
हद त तब भयो जब ती वृद्धलाई बाइक मन पर्यो । उनले तुरुन्तै सबै पैसा निकालेर मालिकलाई दिए । भिखारीजस्ता देखिने ती वृद्धलाई हेर्दा त्यहाँ कसैले सोचेका थिएनन् कि उनीसँग लाखौं रकम छ । यो पूरै घटना त्यहाँ भएका एक किशोरले मोवाइलमा खिचेका थिए । उनले यो सबै सामाजिक संजालमा शेयर गरिदिए । हेर्दाहेर्दै उनको कहानी भाइरल भएको छ । यो घटनापछि सामाजिक संजालमा एक महिलाले ती वृद्ध आफ्ना दाजु लांडेजा भएको बताएकी छिन् जो निकै साधारण जीवनशैली मन पराउँछन् । एजेन्सी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन