जानी राखौ,यी हुन् पाकिस्तानका निकै आश्चर्यलाग्दा र अनौठा १० कानूनहरु ! ( फोटो फिचर सहीत)
विश्वका कुनै कुनै देशमा निकै अचम्म लाग्दा नियम कानुनहरु हुने गर्छन्। यस्तै कानुनहरुको मामलामा पाकिस्तान पनि निकै अगाडि रहेको छ। पाकिस्तानमा यस्ता कानुनहरु छन्, जुन सुनेर तपाई आश्चर्यमा पर्नु हुनेछ। आज हामि तपाईलाई पाकिस्तानमा रेहेका यस्तै १० अनौठा कानूनका बारेमा जानकारी दिँदै छौं।

१. कसैको फोन ब्लफ कल गरेमा या बकवास कुरा गरेर दुख दिएमा हुन्छ सजाय : पाकिस्तानमा कसैको अनुमति बिना कसैको फोन ब्लफ कल गरेमा या बकवास कुरा गरेर दुखलाई गैरकानुनी मानिन्छ। जसको लागि छ महिना सम्मको जेल सजाय पनि हुन सक्छ ।
२. पढाईमा कर : यहाँ विद्यार्थीले पढेवापत कर तिर्नु पर्ने हुन्छ। यदि कुनै विद्यार्थीले २ वर्षाम २ लाख भन्दा बढीको खर्च गर्छ भने उसले ५ प्रतिशत कर तिर्नु पर्ने हुन्छ।

३ पकिस्तानबाट कोहि पनि पाकिस्तानी नागरिक इजरायल जान पाउदैन : पाकिस्तानले आफ्नो कुनै पनि नागरिकलाई इजरायल जानको लागि भिजा अनुमति दिंदैन। त्यसै कारण कुनै पनि पाकिस्तानी नागरिक सिधै इजरायल जान पाउदैनन । अब तपाईलाई लाग्न सक्छ आखिर किन पाकिस्तानी नागरिक इजरायल जान पाउँदैनन् ? खासमा, पाकिस्तानले इजरायल देश नै मान्दैन। त्यसै कारणले पनि उसले उक्त देशमा जानको लागि भिजा जारी गर्दैन।
४. देशका प्रधानमन्त्रीका बारेमा नराम्रो बोल्न र लेख्न पाईदैन : यहाँ प्रधानमन्त्रीका बारेमा व्यंग्य गर्न या कुनै पनि कुरा लेख्न र भन्न नपाईने कानूनी व्यवस्था छ। यदि कसैले भूलवस पनि आफ्ना प्रधानमन्त्रीका बारेमा बोलेमा पनि राम्रै जरिमाना तिर्नु पर्ने हुन्छ।

५. गर्लफ्रेण्डसँग बसेको मात्र देखे पनि प्रहरीको फन्दामा : पाकिस्तानी कानून अनुसार, विवाह भन्दा पहिले कुनै पनि केटा या केटीसँगै हिड्नु (प्रेम जोडी बनेर) गैरकानुनी हो ।

६ . वर्षको एक महिना बाहिर खाना सख्त मनाही : रमजानको महिनामा पाकिस्तानमा घर बाहिरको खाना खान पाईदैन । यदि कोहि गैर मुस्लिम छ भने पनि यो नियम मान्नै पर्ने हुन्छ।

७. अशिक्षित व्यक्ति पनि बन्न सक्छ प्रधानमन्त्री : पाकिस्तानमा देशको प्रधानमन्त्री राष्ट्रपति बन्नको लागि एकदमै शिक्षित हुनु पर्छ भन्ने छैन। तर, अन्य सामान्य पिहुनको जागिर गर्नको लागि भने पढाई लेखाइको मापदण्ड राखिएको छ ।

८. कुनै शब्दको अंग्रेजी अनुवाद पनि गैरकानूनी : यहाँका कुनै कुनै अरबी शब्दहरु जस्तै, अल्लाह, मस्जिद, रसूल र नबी जस्ता शब्दलाई अंग्रेजी अनुवाद गर्नु गैरकानूनी मानिन्छ। त्यसैले यी शब्दको अनुवाद गर्न पाईदैन ।

९. आर्मीमा ट्रान्सजेन्डरलाई नो इन्ट्री : पाकिस्तानको सेनामा तेस्रो लिङ्गीलाई भर्ना लिने गरिंदैन।

१०. गलत र फाल्टु (स्पाम) मेसेज पठाउनु पनि गैरकानूनी : यहाँ गलत र आल्टू फाल्टु (स्पाम) मेसेज पठाउनु पनि गैरकानूनी मानिन्छ । यदि यस्तो भएको पाईएमा १० लाख सम्मको जरिमाना तिर्नु पर्ने हुन्छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन