पढ्नुस् चलाख बेहुलाको रोचक कहानी,७ युवतीलाई फसाएर बिहे गरी लुटिसकेका थिए यी व्यक्ति
एजेन्सी। भारतको मुम्बइ प्रहरीले एक चलाख लुटेरा बेहुलालाई पक्राउ गरेको छ । विक्रोली पुलिसबाट प्राप्त जानकारी अनुसार ३७ वर्षीय शौर्य कैयौं मेट्रिमेनियल साइटमा आलग अलग ७ नामका प्रोफाइल बनाएर युवतीलाई फसाउँथे । यतिमात्र होइन त्यसपछि उनी नक्कली बिहे गरेर पत्नीको घरमा भएका सबै बहुमूल्य सामान र नगद लिएर फरार हुन्थे ।
पछिल्लो समय ३२ वर्षीय एक महिलाले विक्रोली थानामा यसबारे उजुरी दर्ता गराएकी थिइन् । महिलाको उजुरीका आधारमा प्रहरीले शौर्यलाई पक्राउ गरेको हो । पुलिसको सोधपुछमा पहिले त शौर्य डराए र केही भनेनन् तर पछि उनले आफ्नो अपराध स्वीकार गरे । प्रहरीका अनुसार शौर्यले ती महिलासँग बिहे गरेको र उनको पसलबाट २ लाख रुपैयाँ चोरेर फरार भएको स्वीकार गरे ।
शौर्यका अनुसार उनको पहिलो बिहे २०१० मै भएको थियो । उनका एक ५ वर्षका छोरा पनि छन् । उनले पत्नीलाई नबताइ मेट्रिमोनियल साइटमा युवतीलाई फसाउने काम गर्थे । महिला फसेपछि उनीहरुसँग बिहे गरेर उनीहरुको घरमा बस्ने नाटक गर्थे । राती महिलाको घरको सबै बहुमूल्य सामान लिएर फरार हुन्थे । प्रहरीले उनलाई लामो समयदेखि खोजिरहेको थियो ।
July 31, 2018 3:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन