गगन थापाले माफी माग्दै भने : तर बंगलादेशका धेरै मेडिकल कलेजमा पढाई राम्रो छैन
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको बारेमा आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नुभएको छ । आफ्नो उदेश्य त्यहाँ पढेका डाक्टरहरुलाई चोट पुर्याउनु नभएको, तर आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुमा चोट पुगेकोमा माफी माग्नुभएको हो । मंगलबार फेसबुक लाइभमार्फत उहाँले राम्रोसँग पढ्ने र मेहनत गर्ने विद्यार्थी र डाक्टरहरुको आत्मसम्मानमा चोट पुगेकोेमा दुःख लागेको उल्लेख गर्नुभएको छ । उहाँले केही दिनअघि भएको कार्यक्रममा बंगलादेशमा पढ्ने ९० प्रतिशत विद्यार्थीले प्रमाणपत्र पाउने निश्चित भएपछि मात्र पढ्न जाने गरेको बताउनुभएको थियो । तर बंगलादेशका धेरै निजी मेडिकल कलेजमा पढाई राम्रो नहुने चाहिँ सत्य रहेको उहाँले दाबी गर्नुभएको छ । यसबारे आफूले प्रष्ट पार्न नसक्नु मात्रै आफ्नो कमजोरी रहेको उहाँको भनाई छ ।
उहाँको स्पष्टीकरण यस्तो छ : बंगलादेशका मेडिकल काउन्सिलका रजिष्ट्रार भन्छन्- बंगलादेशका अधिकांश निजी मेडिकल कलेजहरू अध्ययनका लागि योग्य छैनन् । नेपालको मेडिकल काउन्सिलका पदाधिकारी भन्छन्- बहुसंख्यक नेपाली विद्यार्थी तिनै कलेजमा अध्ययनरत छन् । ती कलेजमा नेपाली विद्यार्थी केवल सर्टिफिकेटका लागि मात्र जाने हुन्। काउन्सिलको लाइसेन्स परीक्षाले देखाउँछ विदेशमा पढेका ८० प्रतिसत भन्दा बढी विद्यार्थी फेल हुन्छन्
अनि अर्को तथ्याङकले देखाउँछ नेपालबाट बाहिर पढ्न जानुपूर्व प्रवेश परिक्षा शुरु नहुँदा १४६१ जाने गरेकोमा परिक्षा शुरु भएपछि त्यो संख्या घटेर ४७८ हुन्छ । नेपालको मेडिकल काउन्सिल परीक्षा चाहिँ फेल हुने तर विदेशमा पढेको कलेजको परिक्षा सजिलै पास हुने? हो यीनै तथ्यका आधारमा मैले आफ्नो धारणा राखेको हुँ- ‘झण्डै ९० प्रतिसत विद्यार्थी केवल प्रमाणपत्रका लागि जान्छन् ।’
मेरो धारणाको आशय पहिला पहिला छात्रवृत्तिमा होस् वा लगानी गरेर होस्, विभिन्न देशमा गएर मेहनतका साथ गुणस्तरीय शिक्षा लिएर अहिले नेपालमा नै सेवा गरिरहेका हरूप्रति लक्षित होइन, अनि अहिले छात्रवृत्तिमा गएका, आफ्नो छनोटले गुणस्तरीय कलेजमा मेहनत साथ पढिरहेका प्रति पनि लक्षित होइन । पछिल्ला वर्षहरूमा (सन २०१६ अगाडि)नेपालमा प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी नेपाल बाहिर पढ्न जाने बढ्दो प्रवृत्ति र विदेशमा पनि नेपाल लगायतलाई नै लक्षित गरेर खोलेका कलेजहरूले गर्दा बहुसंख्यक विदेश गएका विद्यार्थीहरू केवल सर्टिफिकेटको लागि मात्रै गएका छन भन्ने मेरो आशय हो ।
मेरो धारणासंगै थुप्रै साथीहरूले त्यसरी प्रतिशतमा सामान्यीकरण नगरिदिएको भए हुन्थ्यो भनेर भन्नुभएको छ, साथीहरूको त्यो धारणाप्रति म सहमत छु । मेरो आशयलाई बुझिदिनुहुनेछ भन्ने पनि विश्वास लिएको छु । यद्यपी म यो पुन: प्रष्ट पार्न चाहन्छु । अहिले पनि वर्षको २०–३० जना विद्यार्थी छात्रवृत्तिमा पढ्न गएका छन् । थुप्रै विद्यार्थी आफ्नो छनोटमा बाहिर गएका छन् , मेहनेत गरेर पढिरहेका छन्। त्यसमध्ये केहि विद्यार्थीहरू पढाइ सकेर नेपालमा आएर राम्रो सेवा दिइरहेका छन् । जो माथि मैले उल्लेख गरेको श्रेणीमा पर्दैनन्। मेरो भनाई ति लगनशील विद्यार्थीका निम्ति हुँदै होइन । तर पनि मेरो भनाइका कारणले कसैलाई चोट पुगेको भए दु:खी छु ।
बाहिर गएका केहि विद्यार्थीहरू राम्रो कलेजमा पढिरहनु भएको छ, मलाई कतिपय साथीहरूले लेख्नुभएको छ – हामी मेहनत गरेर पढिरहेका छौं, अब्बलता प्रदर्शन पनि गरेका छौं तर सवैलाई एउटै डालोमा हालेर बिष्लेषण हुँदा हामीलाई चोट पुगेको छ। म ती साथीहरूलाई भन्न चाहन्छु, मेरो भनाइको आशय तपाईहरू जस्तो मेहनत गरेका विद्यार्थीहरूलाई हुँदै होइन,दुख नमान्नुहोला । यो क्षेत्रको बेथितिको अन्त्य गर्न र गुणस्तरीयता कायम गर्न म तपाईहरूसंगै अभियानमा छु ।
August 1, 2018 11:40 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन