सत्तापक्ष र प्रतिपक्षको अलोकतान्त्रिक प्रवृत्ति उजागर भयो : नेता शर्मा
काठमाडौं, १९ साउन । नयाँ शक्ति पार्टी, नेपालका नेता कृष्ण शर्माले प्रधानन्याधीशको संसदीय सुनुवाई प्रकरणबाट सत्तापक्ष र प्रतिपक्ष दुवैको अलोकतान्त्रिक चरित्र उजागर भएको बताएका छन् ।‘संसदीय सुनुवाइ समितिको बहुमतबाट प्रस्तावित प्रधानन्यायाधीश दीपककुमार जोशीको नाम अस्वीकृत भएको छ,’ शर्मा भन्छन्, ‘विगतका फैसला, शैक्षिक योग्यता, इमानदारीता, नैतिकता र आचरणमा सार्वजनिकरूपमा प्रश्न उठ्ने जोकोहीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्नु न्यायसंगत एवं औचित्यपूर्ण हुनसक्दैन ।’
नेता शर्माले प्रधानन्यायधीश जस्तो गरिमामय पदमा सत्तापक्ष र प्रतिपक्षले समर्थन र विरोध गर्दै गणितीयरूपमा दुईतीर बाँढिनु दुःखद भएको बताए । ‘यसरी समर्थन र विरोधमा गणितीयरुपमा बाँढिएर अदालत र न्यायाधीशलाई आ-आफ्नो राजनीतिक स्वार्थ, खिचातानी र दाउपेचको थलो बनाउन खोज्नु आपत्तिजनक छ,’ उनले भने । यो प्रकरणले दुवै पक्षको अलोकतान्त्रकि चरित्र उजागर भएको उनको जिकिर छ । ‘यस प्रकरणले सत्तापक्ष र प्रतिपक्ष दुइटैको अलोकतान्त्रिक प्रवृत्तिलाई उजागर गरिदिएको छ,’ नेता शर्मा भन्छन्, ‘संसदीय शक्तिबाट विधिको शासन, निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको मान्यतालाई फगत दलीय राजनीतिक स्वार्थ भजाउने औजार मात्र बनाईएको कुरा पुष्टि भएको छ ।’
August 4, 2018 11:19 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन