राष्ट्रिय सभा बैठक : सरकारी रकममा भ्रष्टाचार भएको भन्दै कारवाही गर्न माग
काठमाडौं। राष्ट्रिय सभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरामा हलिया मुक्त पुनस्थापन कार्यक्रम अन्र्तगत सरकारले हलियाका लागि उपलब्ध गराएको रकममा भ्रष्टाचार भएको भन्दै दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सदस्य स्नेहीले डडेलधुरा मालपोत कार्यालयका सहायक दानबहादुर बिक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगत हलियालाई उपलब्ध गराइएको रकमबाट प्रतिव्यक्ति २० हजार का दरले ३ करोड ३८ लाख रुपैयाँ घुस लिएको प्रमाणित भइसकेको भन्दै कडा कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
घुस लिएको प्रमाणित भएपछि केही रकम उनीहरुले फिर्ता गरेको र त्यही बहानामा छुट दिने काम नहोस् भनी उनले सरकारको ध्यानाकर्षण गराए। उनले घुस लिने काममा संलग्न सबैलाई कडा कारवाही गर्न माग गरे। डडेलधुरामा १ हजार ५ सय ५८ जना हलिया पुनस्थापित भईसकेका छन् भने २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुर्नस्थापित कार्यक्रम अन्र्तगत सेवा लिने क्रममान छन्। हलिया पुर्नस्थापित कार्यक्रम अन्र्तगत सरकारले घर निर्माणका लागि ३ लाख २५ हजार , मर्मतका लागि १ लाख २५ हजार र जमिन खरिदका लागि २ लाख रुपैयाँ जिल्ला मालपोत कार्यालय मार्फत उपलब्ध गराउदै आएको छ। सरकारले सरकारी निकायमार्फत नै उपलब्ध गराएको रकममा भ्रष्टाचार र घुसखोरी हुनु दुखद भएको भन्दै उनले दोषिमाथि कारवाही गरि पीडीतलाई न्याय दिन सरकारसँग माग गरे।
August 8, 2018 3:16 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन