सुशीलालाई लोकमानको घुस लिन दबाव दिने प्रचण्ड यसरी हच्किए
काठमाडौं, २६ साउन । नेकपामा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दिएको घुस खान दबाव दिएको खुलासा भएको छ ।सर्वोच्च अदालतमा लोकमानविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोज्दा सुशीला कार्कीले नलिएपछि प्रचण्डले त्यत्रो रकम किन नलिएको त ? भन्दै प्रश्न गरेको खुलासा भएको हो । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मा उक्त प्रसंगको खुलासा गरिएको छ ।पुस्तकमा सुशीला कार्कीकी आमालाई विराटनगरमा भेटेर फर्केपछि लोकमानको टोली प्रधानन्याधीश निवासमा पुगेको प्रसंग उल्लेख गरिएको छ । सुशीलाकै भाइसहित निवासमा पुगेको टोलीले देखेपछि ड्युटीमा रहेका सैनिकले पनि सहजै उनीहरुलाई प्रवेश दिए।
‘मैले देखिहालें । तुरुन्तै तल झरेर त्यो टोलीलाई कम्पाउन्डमै रोकें । उनीहरु भित्र छिरेको भए के हुन्थ्यो भन्ने मलाई थाहा थियो।’ मैले घरभित्र जान नदिएपछि उनीहरुले ‘लोकमानजीले दिदीको गोडा धोएको पानी खाने भनेकाले हामी त्यही कामका लागि आएका हौं’ भने। मलाई अचम्म लाग्यो, टोली (लोकमानको) मा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे! अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ ।’
सुवेदीले पुस्तकमा लोकमानको उक्त टोलीलाई नेपाली सेनाले बाहिर निकालिदिएको उल्लेख गरिएको छ ।उक्त घटना घटेपछि पछि एउटा भेटमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सुशीलालाई ‘त्यत्रो १० करोड पठाउँदा किन नलिएको?’ भनेर सोधेको प्रसंगको उल्लेख पुस्तकमा गरिएको छ । ‘त्यहाँ झन्डै झगडा पर्यो, एक कार्यक्रममा बोल्दा सुशीलाले प्रचण्ड (दाहाल) ले यसरी १० करोड रुपैयाँ पठाए र किन नलिएको भनेर मलाई सोधे भनेर भनिदिइन् । त्यसपछि चाहिँ प्रचण्डले हैट! यिनले त बाहिर बोलिदिने रहेछिन् भनेर उहाँलाई भेट्न र केही भन्नै छोडे,’ सुवेदीले आफ्नो पुस्तकमा लेखेका छन् ।
August 11, 2018 10:35 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन