चर्चित नेताका नाम पोलेपछि ३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल !
सुन तस्करबारे छानबिन गर्न बनेको छानबिन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ।समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन।करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुनकाण्ड बनेको थियो तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ।समितिले ३ सयभन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो। केही चर्चित व्यक्तिसमेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरूको आरोप छ।
टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपु¥याई पूर्णविराम लगाउने चलखेल भएको समाचार स्रोतको दाबी छ। बारम्बार आफूहरू ठूलामाछाको नजिक पुगेको बताइरहने गृहमन्त्री थापा पनि प्रतिवेदन बुझाइएपछि मौन हुनुहुन्छ। ‘यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानबिन समितिसमक्ष केही नेताको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ।’ –स्रोतले बतायो। पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन् सुस्ताएको बताइन्छ।यसैबीच प्रहरीले उक्त सुनकाण्डको अनुसन्धान गर्न लागेको खबर सार्वजनिक गरिए पनि प्रहरी-प्रहरीबीच नै कुरा बाझिएको छ।यसको जिम्मा अपराध महाशाखा टेकुलाई दिइएको बताइएको थियो तर अनुसन्धान सतहीरूपमा गरेर मुद्दा नै बन्द गराउन खोजिएको केही जानकारहरू बताउँछन्।
August 11, 2018 10:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन