जानी राखौ,साउन २९ गते बन्ने भयो दुर्लभ युतियोग ! यी ४ राशिलाई मिल्नेछ धनको वर्षात, बढ्नेछ सुख र सम्वृद्धि !
ज्योतिष शास्त्रको अनुसार शनि र मंगल ग्रहको युति योग बन्दै छ। अगस्ट महिनाको दोस्रो मंगलबार अथवा साउन २९ यस योग बन्ने ज्योतिषहरुले बताएका छन्। यस खस योगका कारण केहि राशिलाई धेरै आर्थिक लाभ मिल्ने बताएको छ। ज्योतिष शास्त्रीहरुको अनुसार मंगल र शनि ग्रह आमने-सामने भएको मंगलबार धेरै दुर्लभ संयोग बन्ने गर्छ। यस्तो अवस्थामा निम्न उल्लेखित राशिहरुलाई धेरै लाभ मिल्ने गर्छ। जानी राखौ :-
मेष : यस विशेष योगका कारण मेष राशिलाई विशेष कृपा मिल्न सक्ला। रोकिएको सम्पूर्ण काम शुरु गराउन पनि शनि र मंगल ग्रहले भूमिका खेल्नेछ। मित्रजनबाट भनेको जस्तै साथ मिल्न सक्ने देखिन्छ भने रहेका सम्पूर्ण दुश्मन पनि मित्रमा परिणत हुने अवस्था आउन सक्ला। दैनिकीमा सकारात्मक बदलाव साथै आर्थिक लाभ मनग्य रुपमा मिल्नाले मानसिक सुख मिल्न सक्ला। अचानक धन-लाभ पनि हुने देखिन्छ ।
कुम्भ : यस योगका कारण कुम्भ राशि हुनेहरुको लागि शनिदेवको कृपा बढेर जानेछ भने मंगलले पनि जीवन मंगलमय बनाउनको ठुलै भूमिका खेल्नेछ। सफलता प्राप्त गर्नको लागि खासै मिहिनेत गर्नु नपर्न सक्ने देखिन्छ। प्रभावशाली व्यक्तिलाई पनि प्रसन्न बनाएर लाभ उठाउनको लागि यस योगले सहयोग गर्नेछ। केहि समय अगाडी भएको आर्थिक घाटा पनि परिपूर्ति गर्ने अवसर जुट्ने देखिन्छ।
मकर : मकर राशिहुनेहरुको लागि पनि शनि र मंगल ग्रहको मिलन धेरै फलदायी हुने देखिन्छ। धेरै क्षेत्रमा अगाडी बढ्ने अवसर मिल्न सक्ला भने नयाँ योजना सफल बनाउनको लागि परिवारबाट भनेको जस्तै सहयोग मिल्ने देखिन्छ। विश्वासनै गर्न नसकिने क्षेत्रबाट अचानक धनलाभ हुने समय बन्न सक्ने देखिन्छ। साथै स्वास्थ्यमा पनि सुधार देखा पर्न सक्ला। निर्णय लिँदा खासै सोच्नु पर्ने साथै चिन्तित हुनु पर्ने अवस्था पनि टरेर जाने देखिन्छ।
सिंह : यस राशिको लागि पनि मंगल ग्रह र शनि ग्रहको मिल्न धेरै शुभ रहने देखिन्छ। जसका कारण शुभ समाचार मिल्न सक्ला भने बिग्रिएका सम्बन्धहरुमा सुधार आउने देखिन्छ। कानुनी रुपमा रहेका सम्पूर्ण समस्या साथै स्वास्थ्यमा रहेका समस्या पनि हल हुने अवस्था आउन सक्ला।निजि व्यवसायमा पनि सोचेको जस्तै आर्थिक लाभ मिल्ने साथै नयाँ आर्थिक योजना सफल हुने देखिन्छ।
August 14, 2018 11:24 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन