पत्नीलाई मदिरा पिलाउन चाहन्थे पति, अस्वीकार गर्दा दाँतले चबाए शरीरको यो अंग
एजेन्सी। मदिराको नशाले मानिसलाई कतिसम्म अविवेकी बनाइ दिन्छ भन्ने ज्वलन्त उदाहारण भारतको उत्तराखण्डमा देखिएको छ। उत्तरा खण्डका एक व्यक्ति आफ्नो घरको मुख्य गेटमा बसेर आफ्ना साथीसँग मदिरा सेवन गरिरहेका थिए। यसैक्रममा ती व्यक्तिले आफ्नी श्रीमतीलाई बोलाएर मदिरा सेवन गर्न आग्रह गरे। तर श्रीमतीले मदिरा सेवन गर्न सिधै अस्वीकार गरिन्। त्यसपछि मदिराको नशामा लठ्ठ श्रीमान झन अविवेकी भए। र, यस्तो काम गरे जुन सुनेर तपाइँको रौँ ठाडो हुन्छ।
यो घटना भारतको उत्तराखण्डको आइटीआइ थाना क्षेत्रको हो। यहाँ एक महिला प्रहरी चौकी पुगेर आफ्ना पति विरुद्ध उजुरी दिएकी छन्। ती महिलाका अनुसार उनका पतिले शनिबार राति आफ्ना साथीलाई घरमा बोलाएका थिए। केही समयपछि उनीहरु घरको मुल ढोकामा बसेर मदिरा सेवन गर्न थाले। त्यसको केही समयपछि पतिले ती महिलालाई पनि सँगै मदिरा सेवन गर्न भन्दै बोलाए।
श्रीमतीले मदिरा सेवन गर्न अस्वीकार गरेपछि पतिले उनीमाथि दुव्र्यवहार गर्नुकासाथै हातपातसमेत गरे। त्यतिमात्रै होइन मदिराको नशामा लठ्ठ भएका पतिले श्रीमतीको औंला नै चबाए। पीडा सहन नसकेर उनी चिच्याएपछि छिमेकीले उनको उद्दार गरेका थिए। पीडित महिलाका अनुसार उनका श्रीमान दैनिक मदिरा सेवन गर्छन्। र, मदिराको नशामा लठ्ठ भएर श्रीमतीमाथि हातहात गर्छन्। त्यतिमात्रै होइन, पतिले श्रीमतीलाई देश व्यापारमा संगल्न गराउन चाहेको खुलेको छ। महिलाले आफू पतिको व्यवाहारबाट दिक्क भएको भन्दै अगल्लै बस्ने चाहना व्यक्त गरेकी छन्। यो विषयमा अहिले प्रहरीले छानविन गरिरहेको छ।
August 14, 2018 12:57 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन