युएईवासी नेपालीले गरे लाखेलाई बिदाई
युएई – नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेलाई युएईवासी नेपालीले भब्यरुपमा बिदाई गरेका छन् ।एभरेष्ट युएई मार्सल आर्टको आयोजनामा बुरदुबई स्थित एभरेष्ट युएई मार्सल आर्टको सभा हलमा एक कार्यक्रम गरी फुलको माला तथा खादा ओढाई लाखेलाई बिदाई गरीएको हो ।

पुरेन्द्र बिक्रम लाखेको प्रमुख अतिथित्यमा सम्पन्न बिदाई कार्यक्रममा गैर आवासीय नेपाली संघ युएईका केन्द्रिय सदस्य समिम खान, गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती दुबई राज्य कमिटी अध्यक्ष मदन अधिकारी , संञ्चारकर्मी रमेश क्षितिज , काठमाडौँ प्यालेस रेष्टुरेन्टका सुपरभाइजर राजिब श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा लाखेले नेपालमा करातेको प्रारम्भ देखी अहिले सम्मको यात्रा , खेलकुद र खेलाडिहरुको अवस्थाबारे बोलेका थिए ।खेलाडीहरुको खेलप्रतिको अन्धो लगाबकै कारण खेल टिकिरहेको बताएका थिए । खेलाडी प्रतिको सुबिधा, राज्यको कम चासो रकम सुबिधाकै कारण अपेक्षाकृत प्रतिफल पाउन नसकिएको पनि उनले औल्याए । एभरेष्ट युएईको आतिथ्यतालाई खुलेरै तारिफगरेका लाखेले खेलाडिको प्रोत्सान र हौशलाका लागी आफुले महासंघबाट सक्दो सहयोग गर्ने समेत बताए । कार्यक्रममा संञ्चारकर्मीरमेश क्षितिजले स्वागत मन्तब्य र प्रशिक्षक रबी शाहिले कार्यक्रम संचालन गरेका थिए । लाखे एशियन करातें फेडेरेशनको बैठकमाभागलिनको लागी युएईको दुबईमा आएका थिए । दुबईको छोटो भ्रमण सकी भोली नेपाल फर्कदै छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।