राष्ट्रियसभाका सांसदहरुले बाढी र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको स्थलगल अवलोकन गर्न माग
काठमाडौं। राष्ट्रियसभाका सांसदहरुले बाढी र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको तत्काल स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।जागरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका सांसदद्वय कालिबहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले जाजरकोट जिल्लाको विभिन्न स्थानमा आएको बाढी र पहिरोले भेरी नदी केहीबेर थुनिँदा ठूलो प्राकृतिक विपत्ति आइपरेको उल्लेख गर्दै त्यसको स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै जाजरकोटका सांसद मल्लले नलगाड नगरपालिकामा आएको पहिरोले भेरी नदी थुनिँदा त्यहाँ ठूलो मात्रामा जग्गा जमिनको क्षति भई स्थानीय विस्थापित हुने अवस्था आएको भन्दै तत्काल उचित राहतको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गरएका थिए।सांसद मल्लले पहिरोले झुप्राखोलामा हालेको पुल बगाएकाले त्यसको पनि उचित व्यवस्था गर्न सरकारसँग माग गरे। अर्का सांसद श्रेष्ठले पनि जाजरकोटको खहरे खोलाले बगाएर ज्यान गएका उमेश शाहीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
गत मंगलबार जाजरकोटमा नलगाड नगरपालिकास्थित वडा नम्बर २, ३, ६ र ७ मा आएको बाढि र पहिरोका कारण त्यहाँको बस्ती जोखिमा परेको छ । सांसदहरुले सोही क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन