परम्पराका नाममा जीवमाथि क्रुरता : एकसाथ काटियो १८० वटा व्हेल, रातै भयो समुद्र
डेनमार्कको पेरो आइल्याडमा फेरि व्हेल माछाको क्रुरताका तस्वीर सार्वजनिक भएका छन्। समुद्रको किनारमा उभिएका माझीहरुले व्हेललाई काटिरहेको तस्वीरमा देख्न सकिन्छ।व्हेलको रगतले समुद्रनै रातो भएको छ। समुद्रको किनारमा माझिहरुले व्हेलको बडी छिनेको तस्वीमार देख्न सकिन्छ। यो सबै एक परम्पराको नाममा जीवमाथि गरेको कु्ररता हो। त्यस परम्परालाई आँखाले नियालेका एक विद्यार्थीले उक्त क्रुरताका बारेमा बताएका छन्। अहिले उक्त परम्पराको चौतर्फी विरोध भइरहेको छ।
क्यानब्रिजयूनिभर्सिटीका २२ वर्षीय विद्यार्थी एलस्टेयर वार्डका अनुसार उनीहरु पछिल्लो महिना ग्रेजुएशन सेलिब्रेशनका लागि साथीसहित उनीहरु त्यहाँ पुगेका थिए। त्यसै बेला उनी परम्परामा सहभागी हुने मौका पाए। वार्डले भनेका छन्, म आफ्ना साथीहरुसँग खाडीको चारै तर्फ घुमिरहेका थिए। त्यसैबेला हामीले एक परिवारबाट व्हेलको कुरा गरिरहेको सुन्यौँ। हामीले एउटा व्हेलको कुरा भइरहेको आशंका गरेका थियौँ। तर हामी त्यहाँ गएर हेर्दा एक ढुंगा माछा तान्दै ल्याएको देख्यौँ। ठूलादेखि बच्चासम्म यस काममा सहभागी बनेका थिए।उनले भने म र मेरा साथी यतिधेरै हत्या र रगत देखेर निशब्द भयौँ। हाम्रो मन निकै दुखी भयो तर हामीले चाहेर पनि त्यसलाई रोक्न सकेनौँ।
१८० व्हेलको हत्या
वार्डका अनुसार उक्त परम्पराका नाममा १८० भन्दा बढी व्हेल माछा काटिए। त्यो पनि करिब १ देखि २ घण्टाभित्रमा । टाउनमा बस्ने मानिसको भनाइ छ की व्हेलको शिकार खेती जस्तै हो। तर हामी यो कुरामा कुनै सच्चाई देख्दैनौँ। एजेन्सी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन