भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि
नावपछि ठूलो दल बनेको नेकपा यतिबेला सरकारमा छ ।
प्रतिपक्षमा छ, कांग्रेस ।
ठूलो पार्टीको हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो ।
नेता, कार्यकर्ता र शुभेच्छुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै कतिपय नेतालाई दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरू खाजा खान होस् वा भेटघाट गर्न, ‘कांग्रेस क्यान्टिन’ पुग्छन् ।
साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कँडेल खाजा खाँदै पत्रकारसँग गफिइरहेका थिए । केही समय बसेर उनी आफ्नो कार्यालयतिर लागे । कँडेलमात्र हैन, नेकपाका धेरै नेता, शुभेच्छुक दिउँसोतिर त्यही क्यान्टिनमा भेटिन्छन् ।
कांग्रेस र नेकपाको संसदीय दलको कार्यालयमा एक मिनेटको पनि दूरी छैन । वल्लो–पल्लो भवन हो । छिमेकी भएर बसेका छन् । नेताहरू प्रायः एउटै क्यान्टिनमा भेटिन्छन् । खाजा खाँदै एकअर्कासँग बसेर गफिइरहन्छन् ।
दुई ठूला दललाई दर्बिलो गरी जोडेको छ यो क्यान्टिनले । डोटीबाट निर्वाचित नेकपाका सांसद प्रेम आलेमगर सिंहदरबार गएका बेला कांग्रेस संसदीय दलको क्यान्टिनमा प्रायः छिर्ने गर्छन् । खाजा खान यो क्यान्टिन उपयुक्त लाग्छ, उनलाई ।
‘धेरै थरीका परिकार पकाइएका हुन्छन्, रोजेर खान पाइन्छ’, उनले भने, ‘मचाहिँ प्रायः फापरको रोटी र मकै खान्छु । यसले स्वास्थ्यमा फाइदा पुर्याउँछ ।’, आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।
August 20, 2018 5:04 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन