नेपालमै छ यो चमत्कारी मन्दिर : बोली फुटेको छैन भने बच्चालाई यो ठाउमा लैजानुहोस,नबोल्ने बच्चा बोल्न थाल्छन्
सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ।सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आम धारणा रहेको छ। बोली नफुटेको तथा अस्पष्टता भएका बालबालिका सूर्य विनायकामा लगेर छोडिदिनाले अतालिँदै चिच्याउन थाल्ने र त्यहि चिच्याई पछि बोलीमा परिणत हुने जनविश्वास रहि आएको छ ।
यसका साथै हिड्न नजानेका बालबालिकालाई यहाँ ल्याएर छोडिदिनाले हिड्न थाल्छन् भन्ने गहिरो जन विश्वास रहि आएको छ । गणेशको दर्शन गर्लामा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने बताइन्छ भने कसैकसैले यहाँ दर्शन गर्नाले पुत्रलाभ हुने पनि बताएका छन् सुर्य विनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् । एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए ।
उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरोको मृत्यु भएछ । मरेको छोरालाई ब्युँझाउन उनी पशुपतिनाथकै शरणमा पुगे । पशुपतिनाथले यहाँबाट हिँड्दै जाँदा भोलि सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ मेरो पुत्र गणेशले दर्शन देलान् उहीँ वर माग्नु भने हिँड्दै जाँदा यही (हाल सूर्य्विनायक रहेको) स्थानमा आई पुगेर बास बसे । भोलिपल्ट बिहान सूर्य पहिलो किरण परेको स्थानमा गणेश उत्पत्ति भई ब्राहृमणको छोरो बचाइदिए । सूर्यको किरणसँगै उत्पत्ति भएको हुनाले सुर्यविनायक नाम रहेको मन्दिरका पुजारी बताउँछन् ।पछि ब्राहृमण वृद्ध भएकोले आफ्नो दर्शन गर्न आउन गाह्रो होला भनेर सुर्यविनायककै परिसरमा उत्पत्ति भएको कथन रहेको पाइन्छ ।
August 26, 2018 12:49 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन