आज जनै पुर्णिमा : क्वाँटी खानुका यस्ता छन् फाइदा !
जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन छ । भिजाएका नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खानेले स्वास्थ्यलाई धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् । मस्याङ, मुगी, चना, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ तथा सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ । टुसा उम्रिएको गेडागुडीको सुप खानाले धेरै स्वास्थ्य समस्याबाट राहत मिल्छ ।
क्वाँटी खानुका फाइदाहरु:
१) कब्जियतको समस्या हटाउँछ ।
२) मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
३) यसले बुढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त पार्दछ ।
४) तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
५) यो सजिलै पाच्य हुन्छ ।
६) पेटमा अनावश्यक वायु बनाउँदैन ।
७) क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
८) रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
९) रोगी, बालबालिका, गर्भवती तथा बृद्धमा हुने कुपोषण हटाउँछ ।
१०) क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
११) मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
१२) रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
१३) टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन