बृद्ध आमा र अपाङ्ग छोरीलाइ शौचालय ।
भाद्र १३, २०७५
तेज थापा, साउदी सम्वाददाता

साउदी अरब- याम्दी पारी १, कास्की पोखरा कि ९० बर्षिय बृद्ध बुद्धिमाया बि. क. र उनकि अपाङ्ग छोरीलाइ सहयोगका लागी एनआरएनए साउदीले परोपकारी परियोजना थालेको छ । संघको माथिल्लो निकाय आइसिसिले आव्हान गरेको “एक एनसिसि – एक परोपकारी परियोजना” अन्तर्गत गैर आवासीय नेपाली संघ साउदी अरबले असक्त र असाय आमाछोरीका लागी शौचालय बनाइदिन लागेको हो । उनिहरूको दयनिय अवस्थादेखि परोपकारी परियोजना मध्य साउदीले बि. क. आमा-छोरीलाइ सहयोग गर्ने सोचमा पुगेको एनसिसि साउदीका अध्यक्ष नारायण पासवानले बताए ।
साउदी अरबमा कृपयाशिल एनआरएनए कर्मीहरू रविना अर्याल,सरद सर्मा,यास्मिन बेगम, उमेश भट्टराइ, डमर यादव, नारायण पासवान, तेज थापा, दिपक शाही, शुक्र लामा,मनोज बराल,अर्जुन थापा,भुपेन्द्र लामा लगायतका सहयोगि दाताहरूबाट संकलित रकम गत हप्ता बिप्रेषण गरि केन्द्रिय सदस्य नारायण भट्टराइलाइ नेपालमा पठाइ सकिएको एनसिसि सह कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
असाय बि.क. आमाछोरीको अवस्था बुझ्न एनसिसि साउदी अरबका केन्द्रिय सदस्य नारायण भट्टराइ याम्दी पुगेका छन्, घिस्रेर हिड्ने अपाङ्ग बुद्धिमाया कि छोरी र असक्त आमालाइ शौचालयको आवश्यकता रहेको ठहर गर्दै संघका केन्द्रिय पदाधिकारीहरूको रायमा परियोजना अघि बढाइएको भट्टराइले बताए । शौचालयलाइ आवश्यक सामाग्रि जुटाउने काम भइसकेको छ, अव बाकी काम सम्पन्न गर्न छिट्टै ठेकदासँग सम्झौता गरि अघि बढ्दै छौ, उनले भने । परोपकारी परियोजनालाइ सफल बनाउन केन्द्रि सदस्य नारायण भट्टराइ पोखराको याम्दीबाट समन्वय गरिरहेका छन् भने योजना भाद्र महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन