कुवेतमा स्याङ्जा सहयोग समाजले एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रम गर्दै
कुवेत ३० अगस्ट – एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन।
गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले युगल साँझ कार्यक्रमको लागि कुवेत आउन लागेको अभियान्ता ठकुरीले हिमाली संचारलाई बताए।
केही दिन अगाडि बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक साथै बृहत् किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्सी शिवाकोटीको नौलो अनुहार यस एम्बुलेन्स आर्थिक सहयोग अभियानका मुख्य अभियन्ता बि बि मल्ल ठकुरीको साथमा देखिने भएका छन् ।
गाँउले परिवेशमा हुर्केका बि बि मल्ल ठकुरीले अहिलेको एकाइसौं शताब्दी बित्न लागि सक्दा पनि कयौं बिरामीहरु समयमा नै अस्पताल पुग्न नसक्दा अकालमा नै मृत्यु हुने गरेको तितो स्मरण गर्दै उक्त अभियान थालिएको बताए।
“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मुल नाराको साथ स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेतले यस कार्यक्रमको आयोजना गर्ने भएको हो । स्वयम् बि बि मल्ल ठकुरी उक्त समाजको संरक्षक पनि हुन्।
सहयोगी दाताहरुलाई हृदय देखि नै धन्यवाद दिदै कुवेतमा भएका संघ, संस्था, समाजका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी साथै कुवेतमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थिति हुनु भइ कार्यक्रम सभ्य र भव्य गरि दिन हुन स्याङ्जा सहयोग समाज कुवेत विनम्र अनुरोध गरेको छ।
August 31, 2018 1:10 am | प्रवास,संगीत,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन