तिमी नै भन नेपाल आमा !
तिमी नै भन नेपाल आमा
के श्रीजना गरौ के लेखौ म ?
आमा भनौ या दिदी बहिनी
या भनौ जीवनसाथी,
या भनौ नेपालकी एक पीडित नारी ?
लेखौ झै लाग्यो एक गाथा नालापानी युद्ध लड्ने ति बिरङ्गना नारिको
या बनाइदिउ मन्दिर लक्ष्मी, सरस्वती अनी दुर्गा जस्ती नारीको
या कहु ईतिहास सिता भ्रिकुटी अनी राजेन्द्रलक्ष्मीको
या सुनाउ ब्यथा कंचनपुरकी निर्मला अनी पोखराकी पुष्पाको
भन हे नेपाल आमा के हाल लेखौ नेपाली नारीको ?
यो मेरो देश थियो बलभद्र, अमरसिङ अनी गौतमबुद्ध जस्ता त्यागीको
तर शान छ आज यहाँ कन्श, शकुनी अनी दुर्योधन जस्ता पापीको
उठाएर हेर ईतिहास ति अमर गाथाहरुको
के कारण थियो जो रचियो युद्ध महाभारतको ?
भन हे नेपाल आमा के कथा लेखौ म नेपाली नारीको ?
न्यायको कठघरामा छ आज अस्तित्व नारीको
बलत्कार हत्या अनी अपमानले भरीएको छ वर्तमान आज नारीको
हवसमा अन्धो भई मानव भएर पनि नरपिचास बन्छन यहाँ
नारीलाई मर्यादा सिकाउने पुरुष आँफै मर्यादा भुल्छन यहाँ ।
मनोज बराल
रतुवामाइ न.पा. -९ इटहरा, मोरङ
हाल: ताबुक, साउदी अरब
September 1, 2018 3:35 pm | साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन